अबैध सालका काठ सहित ट्यक्टर प्रहरी नियन्त्रणमा ।
वालिङ :
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीमा प्रहरीले अबैध सालका काठ सहित ट्यक्टरलाई नियन्त्रणमा लिएको छ । गल्याङ नगरपालिका–५ रुपाखानीबाट कालिगण्डकीको मिर्मी तर्फ लैजाने क्रममा सालको काठ र लु ४ त ६५६५ नम्वरको ट्याक्टरलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
साल जातको चिरान (चारपाटे) काठ थान ७ (सात) थान, १५.०६ क्यू फिट फेला पारी ट्याक्टर सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरिक्षक उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार काठ सहित ट्याक्टरलाई आवश्यक कारवाहीको लागी सव डिभिजन बन कार्यालय गल्याङमा बुझाईएको छ । यस बारे अनुसन्धान कार्य भई रहेको प्रहरीको भनाई छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


