अबैध सालका काठ सहित ट्यक्टर प्रहरी नियन्त्रणमा ।
वालिङ :
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीमा प्रहरीले अबैध सालका काठ सहित ट्यक्टरलाई नियन्त्रणमा लिएको छ । गल्याङ नगरपालिका–५ रुपाखानीबाट कालिगण्डकीको मिर्मी तर्फ लैजाने क्रममा सालको काठ र लु ४ त ६५६५ नम्वरको ट्याक्टरलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
साल जातको चिरान (चारपाटे) काठ थान ७ (सात) थान, १५.०६ क्यू फिट फेला पारी ट्याक्टर सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरिक्षक उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार काठ सहित ट्याक्टरलाई आवश्यक कारवाहीको लागी सव डिभिजन बन कार्यालय गल्याङमा बुझाईएको छ । यस बारे अनुसन्धान कार्य भई रहेको प्रहरीको भनाई छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


