वालिङमा उपमेयरसँग पोषिलो झोला कार्यक्रम: सुनौलो हजार दिनका आमाबच्चालाई फाईदा पुग्ने ।

वालिङ :
वालिङमा सुनौलो हजार दिनका आमाहरुलाई पोषिलो झोला वितरण सुरु गरिएको छ । नगरपालिकाले उपमेयरसँग पोषिलो झोला कार्यक्रम अन्र्तगत यो कार्यको सुभारम्भ गरेको हो । विहिबार वालिङ नगरपालिका–५ को जगतभञ्याङ स्वास्थ्य चौकीमाबाट पोषिलो झोला वितरण सुरु गरिएको हो । सुनौलो हजार दिनका आमाहरुका लागि आमा तथा बच्चाको स्वास्थ्य राम्रो होस भन्ने हेतुले नगरपालिका भित्रका एक हजार जना सुनौलो हजार दिनका आमाहरुलाई यो झोला वितरण गरिनेछ ।
कार्यक्रमको सुभारम्भ गर्नुहुँदै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले आमासँगै बच्चाको स्वास्थ्य स्वस्थ तथा फुर्तिलो बनाउका लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । सुनौला हजार दिनका आमा र शिशुको स्वास्थ्यमा सुधार ल्याउन यस्तो कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ । उपप्रमुख गैह्रेले आगामी आर्थिक वर्ष पनि नागरिकको स्वास्थ्यसँग जोडिएको यो कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।
स्वस्थ नागरिकको जन्म दिनका लागि गर्भअवस्थादेखि नै ति आमाले उचित पोषिलो आहार, व्यवहार र आचरणमा ध्यान दिनुपर्ने भन्दै यो कार्यक्रमले स्वस्थ नागरिक निर्माण गर्न टेवा उहाँको भनाई छ ।
सुनौलो हजार दिनका आमा र शिशुको स्वास्थ्यमा सुधार ल्याई स्वस्थ नागरिक बनाउने उद्देश्यले पोषण कार्यक्रम सञ्चालन भएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेले बताउनु भयो । उहाँका अनुसार यो कार्यक्रम पालिकाका १४ वटै वडामा सञ्चलन हुनेछ ।
पोषिलो झोलामा बच्चाका लागी २ प्याकेट सर्वोत्तम पिठो, १ किलो नुन, सरसफाईका लागि दन्तमञ्जन, दाँत माँझने ब्रस, नङकट, साबुन र एक क्यारेट अण्डा राखिएको पोषण अधिकृत रुपा पाठकले बताउनुभयो । जगतभञ्याङ स्वास्थ्य चौकीमा ५० पोसिलो झोला वितरण गरिनेछ ।
कार्यपालिका सदस्य जुनु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जगतभञ्याङ स्वास्थ्य चौकी इन्चार्ज सोविता सापकोटाले गर्नुभएको थियो भने संचालन जनस्वास्थ्य अधिकृत कृष्ण अर्यालले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…