वालिङ नगरपालिकाले दियो दुध उत्पादन गर्ने किसानलाई नगद अनुदान ।
![](https://aadhikholakhabar.com/wp-content/uploads/2024/07/Chhabilal-Gaihre-Milk-waling-mun-Syangja-1024x768.jpeg)
स्याङ्जा :
स्याङ्जाको वालिङ नगरपालिकाले पशुपालक किसानहरुलाई झण्डै सवा सात लाख अनुदान प्रदान गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को गाईभैंसी प्रवद्र्धन शिर्षक अन्तर्गत किसानहरुलाई प्रति लिटर रु. १० का दरले झण्डै सवा सात लाख अनुदान प्रदान गरेको हो ।
एक साना किसान कृषि सहकारी सहित ४० जना किसानहरुले ७ लाख १६ हजार ९ सय २ रुपैयाँ अनुदान प्राप्त गरेका हुन् । वालिङ ८ स्थित अकला नमूना कृषि साना किसान सहकारीले १ लाख ७४ हजार अनुदान प्राप्त गरेको छ । यसैगरी सबैभन्दा बढि वालिङ १३ गाहखोलाका छविलाल गैह्रेले ४४ हजार २ सय २५ रुपैयाँ अनुदान प्राप्त गर्नुभएको छ ।
अनुदान रकमको चेक हस्तान्तरण गर्दै वालिङ नगर प्रमुख कृष्ण खाँणले सिमित स्रोत र साधनका वावजुद पनि किसानहरुका असिमित आवश्यकतामा सहयोग पुगोस भनेर लागेको बताउनुभयो । नगरपालिकाको बारेमा नगरबासीहरु स्वयम् जानकार भएको उल्लेख गर्दै नगर प्रमुख खाँणले अभिभावकीय भूमिकामा नगरपालिका छ भन्ने आभास दिलाउनेगरी काम गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।
नेपाललाई कृषि प्रधान देश भनिन्छ, व्यवहारमा हेर्ने हो भने सबैभन्दा पिछडिएको र हेला र नजरअन्दाजमा कृषि क्षेत्र नै परेको छ । कृषि मुख्य हो, तसर्थ सुखी नगरवासी र समृद्ध वालिङको नारालाई सार्थक पार्नेमध्ये कृषि पनि एक महत्वपूर्ण रहेको नगर प्रमुख खाँणले औंल्याउनुभयो । हामीले कृषकलाई आय आयर्जनमा जोड्न र समृद्ध गर्न सकेनौं भने हाम्रा उद्देश्य पूरा नहुने उहाँले व्यक्त गर्नुभयो । सबैको सुझाव लिएर अन्य क्षेत्रमध्ये महत्वपूर्ण ठानेर कृषिलाई माथि उठाउनुपर्छ भन्ने मान्यता र प्रतिवद्धताकासाथ अगाडि बढेको उहाँले स्पष्ट पार्नुभयो ।
यसैगरी नगर उप प्रमुख कविता तिवारी गैह्रेले बाटो घाटो, शिक्षा स्वास्थ्यसँगै मानव संसाधनको पनि विकास गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले मानव संसाधनको विकासलाई मुख्यप ठानेर कृषिमा अनुदानका कार्यक्रम अगाडि सारेको उल्लेख गर्नुभयो । यो वर्ष दुधमा अनुदानसँगै एउटा गाई खरिदका लागि भनेर रु. ५० हजार अनुदान सहयोग गर्ने कार्यक्रम लागु गरिसकेको भन्दै उप प्रमुख गैह्रेले वालिङले देशमै नमूना कार्यको थालनी गरेको व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कृषकहरुको उत्थानका लागि दुईदेखि पाँचवटासम्म गाईपाल्नेलाई एउटा गाई खरिद वापत रु.५० हजार अनुदान दिने कार्यक्रम लागु गरेका हौं । योसँगै देशमै नमूना कार्यको थालनी वालिङमा भएको हो ।” वालिङ नगरपालिकामा कृषकहरुको उत्थानका लागि यो पहिलो र उत्कृष्ट कार्य भएको उहाँको भनाई छ ।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा, अकला साना किसान सहकारी संस्थाका अध्यक्ष पुन्य प्रसाद अर्याल,पशुसेवा शाखाका प्रमुख डाक्टर रोशन बस्याल, प्राविधिक डोलराज गैह्रे लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा कृषकहरुले आआफ्ना समस्या र भोगाईहरु सुनाएका थिए ।
समाचार
थप सामाग्री![](https://aadhikholakhabar.com/wp-content/uploads/2025/01/student-waling-468x300.jpg)
वालिङका १८६ विद्यार्थीलाई वृत्ति मार्गनिर्देशन
६ दिन अगाडि
सुशील सुवेदी/स्याङ्जा पछिल्लो समय विद्यार्थीहरुमा भविष्यको अन्यौलता बढ्दै जान थालेको छ । माध्यमिक तह सम्पन्न गरेपश्चात विद्यार्थीमा भविष्यमा के गर्ने…