देशको आवश्यक्ताले एमाले कांग्रेस एक ठाउँमा : एमाले सचिव अर्याल
वालिङ :
नेकपा एमालेका सचिव पद्मा कुमारी अर्यालले देशको आवश्यक्ताले एमाले र कांग्रेस एक ठाउँमा आएको बताउनु भएको छ । मुलुकमा संकट परेको बेला दुई पार्टी मिलेको ईतिहास रहेको भन्दै अर्यालले अव नयाँ काम हुने दावी गर्नु भयो ।
४६ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल अध्ययन प्रतिष्ठान स्याङ्जाको आयोजनामा आयोजित अन्र्तक्रिया तथा पुस्तक विमोचन कार्यक्रममा बोल्दै सचिव अर्यालले एमाले र कांगे्रस मिलेर अगाडि बढेका बेलामा देशले केहि नयाँ प्राप्ती गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो,“निर्वाचनका बेला देखि प्रमुख प्रतिपक्षी भएका एमाले र कांगे्रस देशको समृद्धिका लागि मिलेर अगाडि बढेका हुन् ।” निर्वाचनका बेला पुनः आफ्नै ढंगले अगाडि बढ्ने उहाँको भनाई छ ।
पुष्पलालले निर्माण गरेको नेकपा एमाले आज देशको प्रमुख पार्टी भएको भन्दै एमाले सहित अन्य बामपन्थी पार्टीहरु पनि पुष्पलालकै योगदान रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय अनुशासन आयोगका सदस्य चक्रबहादुर पराजुलीको मेरो ‘भुमिगत यात्रा’ संस्मरणात्मक निबन्ध संग्रह र साहित्यकार अनन्त अर्यालको ‘कालापत्थर’ कविता संग्रहको विमोचन गरिएको छ ।
कार्यक्रममा केन्द्रिय अनुशासन आयोगका सदस्य पराजुलीले पुष्पलाल र वर्तमान परिस्थिति विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यपत्रमाथि ओमा शर्माले टिप्पणी गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


