माओवादी केन्द्रसहित चार दलका मन्त्री मधेश सरकारबाट बर्खास्त ।
धनुषा:
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारमा सहभागी माओवादी केन्द्रसहित चार दलका मन्त्रीलाई बर्खास्त गरेका छन् ।
शनिबार मुख्यमन्त्री सिंहले सरकारमा सहभागी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री सिंहले माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका भरतप्रसाद साह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, नेकपा एसका कृषिमन्त्री गोविन्द न्यौपाने र खानेपानीमन्त्री बेची लुङ्गेली, नेपाल संघीय समाजवादी पार्टीबाट गृहमन्त्री बनेकी विमला अन्सारी र नेपाल नागरिक उनमुक्ति पार्टीबाट यातायातमन्त्री बनेकी उर्मिला सिंहलाई बर्खास्त गरेका हुन् ।
बर्खास्तीको पत्र मुख्यमन्त्री सिंहले प्रदेश प्रमुखको कार्यालयलाई बुझाएका छन् । मुख्यमन्त्री सिंहले शनिबार दिउँसो प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । त्यसअघि मुख्यमन्त्री सिंहले चार दलका मन्त्रीलाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री सिंहलाई कांग्रेस, लोसपा र एमालेले विश्वासको मत दिएर सरकारमा सामेल हुने भएका छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


