प्रधानमन्त्री ओलीले पाए दुई तिहाई विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट दुईतिहाई विश्वासको मत प्राप्त गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाउँ भनि राखेको प्रस्तावको पक्षमा १ सय ८८ मत परेको छ ।
साथै, विपक्षमा ७४ मत र एकजना तटस्थ बसेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।
दुई तिहाइ बहुमत पुग्नको लागि १८४ सांसदको समर्थन चाहिन्छ । तर उनले त्यसको पनि चार मत बढी पाएका हुन् ।
उनलाई एमाले, कांग्रेस, जनता समाजवादी पार्टी, नेपाल, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् ।
माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीले विपक्षमा मतदान गरेका छन् ।
यता, प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरूद्धको मुद्दा भने सर्वोच्चको संवैधानिक इजलासमा पुगेको छ । आइतबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले सो आदेश दिएको हो ।
संविधानको धारा ७६ (२) बमोजिम नियुक्त गरिएको भन्दै परेको रिट निवेदनको टुंगो संवैधानिक परिषद्बाट लाग्नुपर्ने आदेशमा उल्लेख छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


