वालिङ नगरपालिकाको बजेट ८६ करोड ४७ लाख ।

मणी प्रसाद अर्याल/वालिङ :
वालिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ८६ करोड ४७ लाख २१ हजार ५ सयको बजेट सार्वजानिक गरेको छ । १६औँ नगरसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एव्ां बजेट सार्वजानिक गरेको हो । नगर सभामा नगरप्रमुख कृष्ण खांणले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
आगामी आर्थिक वर्षमा नगरले मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने अभिप्रायले जीवन शैली प्रर्वद्धन, भान्सा सुधार तथा ४० वर्ष नाघेकाका नागरिकलाई नसर्ने रोगको न्युनिकरणका लागि सामुदायिक नर्स तथा विद्यालय नर्स कार्यक्रम कार्यान्वयन गर्ने, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सूनौलो अवकास योजना, मेयरसंग जेष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमलाई निरन्तरता दिने नगरप्रमुख खांणले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै नीति तथा सरकारी स्वास्थ्य संस्थाहरुबाट निस्कने मेडिकल जन्य फोहोरहरुको उचित व्यवस्थापन गरिने, योग अभ्यास र पञ्चकर्मलाई प्राथामिकता दिने उल्लेख छ ।


उपमेयरसंग पोषिलो झोलालगायतका स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण नीति लिएको छ । त्यस्तै शिक्षामा विद्यालयलाई प्रविधिमैत्री बनाईने, उत्कृष्ट विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरिने, विद्यालयलाई बालमैत्री र अपांगमैत्री बनाईने उल्लेख छ त्यस्तै एक वडा एक खेलमैदान, मेयर उपमेयर कप खेलकुद प्रतियोगिता, कमाउँदै पढदै कार्यक्रम, सरकारी कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन प्रोत्साहन गरिने, शिक्षकहरुलाई राजनीतिक दलसंग अवद्ध हुन नपाउने व्यवस्था कडाईका साथ लागू गरिने, कृषि तथा पशुपालनमा अनुदानका कार्यक्रमलाई निरन्तरता दिने, मासु, अण्डा उत्पादनमा प्रोत्साहन गरिने, कृषि एम्बुलेन्सको व्यवस्था गर्ने, नगरपालिकाका सेवालाई प्रविधिमैत्री बनाईने, विदेशी पर्यटकलाई वालिङमा कम्तीमा दुईदिन बस्ने वातावरण मिलाउने, नगरभित्रका योजनाहरु महिला उपभोक्तामार्फत कार्यान्वयनलाई प्राथामिकता दिने उल्लेख गरिएको छ ।
सभामा उपप्रमुख कविता तिवारी गैह्रेले आगामी आर्थिक वर्षका लागि आर्थिक वर्ष २०८१÷०८२ को लागि ८६ करोड ४७ लाख २१ हजार ५ सयको बजेट पेश गर्नु भएको छ ।
उपप्रमुख तिवारीले पेश गर्नु भएको बजेट अनुसार आन्तरिक स्रोत ६ करोड, संघीय वित्तिय समानीकरण अनुदान १५ करोड १० लाख, संघिय सरकार राजस्व बाँडफाँड १ करोड ५७ लाख २६ हजार, प्रदेश सरकार समपुरक अनुदान १ करोड, राजस्व बाँडफाँड १ करोड ५७ लाख २६ हजार, घरजग्गा रजिष्टेशनबाट १ करोड, विज्ञापन करबाट ६१ लाख ९८ हजार गरी ८६ करोड ४७ लाख २१ हजार ५ सयको आय प्रक्षेपण गरिएको छ भने व्यय तर्फ आर्थिक विकासमा ५ करोड, सामाजिक विकासतर्फ ५ करोड पुर्वाधार विकासतर्फ ९ करोड, सुशासन तथा अन्तरसम्बन्धीस्त क्षेत्रतर्फ २ करोड, विपद तर्फ १ करोड न्यायिक तर्फ १८ लाख प्रशासनमा १ करोड, कार्यालय ंसंचालन तथा प्रशासकीय तर्फ ८ करोड, शसर्त अनुदान तर्फ ४२ करोड ४७ हजार रहेको छ ।
कार्यक्रममा विभिन्न विकास समितिका संयोजकहरुले आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Facebook Comments Box
TOP