वालिङमा क्यानोनिङको मैत्रिपूर्ण अभ्यास खेल सुरु
वालिङ :
स्याङ्जाको वालिङ ४ मा साहसिक खेल क्यानोनिङको मैत्रिपूर्ण अभ्यास खेल सुरु भएको छ । स्याङ्जा क्यानोनिङ तथा पर्यटन प्रवद्र्धन समितिको आयोजना र प्रदेश खेलकुद परिषद गण्डकीको सहयोगमा वालिङ नगरपालिका वडा नम्वर ४ को एलादीमा रहेको छहरेमा साहसिक खेल क्यानोनिङको मैत्रिपूर्ण अभ्यास खेल हिजो आइतबारदेखि सुरु भएको हो । हिजोदेखि तीनदिनसम्म चल्ने साहसिक क्यानोनिङ खेल एलादीको द्वारे गैह«ा बसन्ते रहको छहरेमा खेलाइएको छ ।
खेलको शुभारम्भ गर्दै गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले पर्यटन प्रवद्र्धनका लागि साहसिक क्यानोनिङ खेल पनि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले गण्डकी प्रदेश पर्यटनको राजधानी भैसकेपछि पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका रहने हुँदा क्यानोनिङ खेललाई प्राथमिकता दिदै आएको बताउनुभयो । विश्वले शाहसिक खेलकोरुपमा लिएको क्यानोनिङ खेल गण्डकी प्रदेशका धेरै ठाउँमा खेलाउने छहरेहरु भएको र त्यसमध्ये स्याङ्जा पनि राम्रो सम्भावना भएको जिल्ला रहेको उहाँले उल्लेख गर्नुभयो । यो खेल खेल्न र हेरेर आनन्द लिनका लागि विश्वका विभिन्न देशबाट आउने हुँदा पर्यटन प्रवद्र्धनमा क्यानोनिङको महत्वपूर्ण भूमिका रहेको औंल्याउनुभयो । यसकासाथै आगामी वर्ष यो खेलको विकासका लागि गण्डकी प्रदेशले पूर्वाधार विकास र प्रचार प्रसारका क्षेत्रमा थप योजना बनाएको सचिव गुरुङले व्यक्त गर्नुभयो ।
कार्यक्रममा ४ नम्वर वडा अध्यक्ष हरिप्रसाद खनालले समुद्रि सतहदेखि करिव ११५० मिटर उचाइमा रहेको एलादीको खाल्टे नजिकै रहेको बसन्ते रह छहरे बाहै« महिना क्यानोनिङ खेल्न पाइने ठाउँ भएको बताउनुभयो । यो वर्ष मिलेनियम ट्र्याक पोखराले रु.५ लाखको सहयोगमा सिढिसहितको पदमार्ग निर्माण सुरु भैसकेको भन्दै वडा अध्यक्ष खनालले होमस्टे नजिकै रहेको यो छहरे पर्यटकहरुको नजरमा परिसकेकाले आकर्षक गन्तव्यकारुपमा विकास गर्न सकिने स्थान भएको उल्लेख गर्नुभयो ।
खेल शुभारम्भमा स्याङ्जासहित कास्की जिल्लाका युवाहरुले निकै रमाइलोसँग मैत्रिपूर्ण क्यानोनिङ खेलेका छन् । यसैगरी खेल प्रदर्शनका लागि पर्वत र नवलपुरदेखि पनि खेलाडीहरु आइरहेका छन् भने अन्य जिल्लाबाट पनि सम्पर्क गरिरहेका आयोजक स्याङ्जा क्यानोनिङ तथा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष मोहन खनालले जानकारी गराउनुभयो । छहरेको पानीसँगै डोरीको सहारा लिएर खेलिने यो खेल आन्तरिक तथा बाह्य पर्यटकहरुका लागी आकर्षक खेल भएको र यहाँको छहरेले पनि पर्यटकहरुलाई आकर्षित गरिरहेको अध्यक्ष खनालले बताउनुभयो । तीनदिनसम्म सञ्चालन हुने साहसिक क्यानोनिङ खेल भोलि मङ्गलबार सम्म खेलाइने छ ।
Facebook Comments Box
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …