हेफर आधारशिला तालिम सुरु, साना किसानको आर्थिक स्तर सुधारमा काम गरिदै ।
वालिङ :
स्याङ्जाको वालिङ नगरपालिकाले कृषि र पशुपालनबाटै गाउँपालिकावासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले हेफर आधारशिला तालिम दिनु सुरु गरेको छ । वालिङ नगरपालिकामा सञ्चालनमा रहेको वालिङ कृषि विकास परियोजना अन्तर्गत वडा नं.२ मा तीन दिने तालिम सुरु भएको हो ।
तलिमको शुभारम्भमा बोल्नुहुँदै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले साना किसानलाई उत्पादनमा जोड्न पालिकाले विभिन्न काम गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो,“उत्पादन बृद्धि भएमा मात्रै कृषकले आर्थिक लाभ लिन सक्छ ।”
कृषकले उत्पादन गरेको सामाग्रीको बजारको जिम्मा नगरपालिकाले लिने भन्दै उपप्रमुख तिवारीले बजारको चिन्ता नगर्न कृषकलाई आग्रह गर्नुभयो ।
छिाटो र दिगो उत्पादन हुने कृषि खेती तर्फ ध्यान दिन उपप्रमुख तिवारीको सुझाव छ ।
कार्यक्रममा वालिङ नगरपालिका वडा नं.२ का वडा अध्यक्ष पोतप्रसाद लम्सालले अर्गानिक कृषि खेती तर्फ ध्यान दिन जरुरी रहेको बताउनु भयो । उत्पादन धेरै गर्ने र लगानी कम गर्ने तरिका अपनाउनु पर्ने उहाँको भनाई छ । वडाले कृषकलाई ध्यानमा राखेर काम गरिरहेको जानकारी दिनभयो ।
कार्यक्रम अन्तर्गत प्रदान गरिने कृषि औजारमा ७५ प्रतिशत अनुदान दिन आवश्यक रहेको भन्दै वडा अध्यक्ष लम्सालले पालिकाको तर्फबाट यसलाई ध्यानमा राख्नु पर्ने बताउनु भयो ।
आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्र्तगत भोकालाई एक छाक भोजन होईन , जिउने जुक्ति सिकाऔँ भन्ने मूलनाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा तीन दिने आधारशिला तालिम सुरु गरेको हो ।
वालिङ नगरपालिका २ को हरियाली स्वावलम्वन महिला कृषक समूहका ३५ जना महिला सदस्यहरु तलिममा सहभागीता रहेको छ ।
तालिममा वालिङ कृषि विकास परियोजनाका कर्मचारीहरु सुस्मिता पौडेल र माया कुँवरले सहजीकरण गर्नुहुनेछ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…



