लोकतान्त्रिक जनजाती महासंघका नवनिर्वाचित समितिले पद तथा सपथ ग्रहण
स्याङ्जा :
नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ स्याङ्जाका नवनिर्वाचित पदाधिकारी सहित सदस्यहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
पुतलीबजार नगरपालिका १ अभियानपथ स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा संघिय सांसद एवं जिल्ला सभापति राजु थापाले सपथ गराउदै मुलुका हरेक राजनीतिक आन्दोलनमा जनजातीका योगदान अतुलनीय रहेको बताउनुभयो ।
बिचार तथा अभिब्यक्ति स्वतन्त्रताका लागि लडेको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस भएको बताउदै सबै जातजातीका हक अधिकार र सहभागिता पनि नेपली कांग्रेसमै रहने बताउनुभयो । विस २०१५ सालमै वीपी कोइरालाले आफु प्रधानमन्त्री हुदा दलित, जनजाती, थारु लगायतका सबै जातजाती र समुदायको समान प्रतिनिधित्व हुनेगरी समावेशी मन्त्रीपरिषद गठन गरेको पनि स्मरण गराउनुभयो ।
कार्यक्रममा कार्यवाहक सभापति केदार काफले, नेपाली कांग्रेस क्षेत्रीय सभापति एवं नगर प्रमुख तुलसीराम रेग्मी, महाधिवेशन प्रतिनिधी धनकुमारी थापा, भीरकोट नगरसभापति यामप्रसाद अधिकारी लक्ष्मण, चापाकोट नगरसभापति बिक्रमबहादुर सारु, निर्वाचन समितिका संयोजक पशुपति पौडेल, लोकतान्त्रिक आदिवासी जनजाती महासंघका क्षेत्र नं. २ का अध्यक्ष हेमप्रकाश गुरुङ, महाधिवेशन प्रतिनिधी रिम गुरुङ, कालीगण्डकी गाउपालिका २ का अध्यक्ष खगिसरा आले, पुतलीबजार वडा सदस्य विष्णुकुमार श्रेष्ठ लगायतले जनजातीका हक, अधिकारका लागि एकजुट हुनुपर्ने बताउनुभयो ।
नवनिर्वाचित जिल्ला अध्यक्ष नेमबहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अम्बिका कुमालले स्वागत एवं सचिव धनबहादुर थापाले संचालन गर्नुभएको थियो । करिब ४ महिनाअघि निर्वाचित २३ सदस्यीय समितिले आज पद तथा गोपनीयताको सथप गर्नुभएको हो ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…