पुतलीबजार प्रज्ञा प्रतिष्ठानद्धारा साहित्यिक गोष्ठी सम्पन्न

स्याङ्जा :

पुतलीबजार प्रज्ञा प्रतिष्ठान स्याङ्जाले साहित्यिक गोष्ठी सम्पन्न गरेको छ । गोष्ठी अन्र्तगत गण्डकी प्रदेश स्तरीय कविता प्रतियोगिता सहित स्रष्टा सम्मान गरिएको छ ।

प्रदेश स्तरीय कबिता प्रतियोगितामा कास्कीका सजिना पौडेल प्रथम, स्याङ्जाका अब्यग्र अस्मित द्धितिय र पर्वतका तारानाथ पराजुली तृतीय भएका छन् ।

प्रथम, द्धितिय र तृतीय हुनेले क्रमश ः २५ हजार, २० हजार १५ हजार नगद सहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको छ । उहाहरुलाई जिसस प्रमुख श्रीप्रसाद घर्ति, कुलपति तुलसीराम रेग्मी, उपकुलपति विश्वप्रेम अधिकारी, नगरउपप्रमुख देवी अर्याल, प्रमुख प्रशासकिय अधिकृत चिरन्जीवी पौडेल लगायतले नगद सहित सम्मान एवं पुरस्कृत गर्नुभएको छ ।

प्रतिस्पर्धामा रहेका २६ कबिता मध्ये वाचन गर्नका लागि १० वटा कबिता छनौटमा परेका थिए । यसैगरी, पुतलीबजार नगरपालिकामा जन्मेर लेखन बिधामा योगदान पुरयाएको पुतलीबजार नगरपालिका ३ का नारायण नेपाल र लीलादेवी शर्मा तर्कना, वडा नं. ११ का सुरेश (सापकोटा) पाञ्जाली लाई सम्मान गरिएको छ ।

गोष्ठीको उदघाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद घर्तिले नगरपालिकाको कला, संस्कृति र साहित्यको संरक्षण र सम्बद्र्धन गर्ने उदेश्यले पहिलो पटक नगरले स्थापना गरेको जानकारी दिनुभयो । आगामी दिनमा समेत यस्ता कायृक्रमलाइृ निरन्तता दिनुपर्ने बताउदै कला, संस्कृतिमा धनी पुतलीबजारलाई चिनाउनेगरी काम गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा उपकुलपति विश्वप्रेम अधिकारी, नगरप्रवक्ता मनोज पौडेल, प्रज्ञा सदस्य चिन्तु गिरी र संझना थापा, कबिता मूल्यांकन समितिका संयोजक प्रा.डा जगन्नाथ रेग्मी मूल्यांकन समितिका सदस्य द्धय प्रा.डा. भूमिराज बस्ताकोटी र डा. इश्वरमणी अधिकारी लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कुलपति एवं नगरप्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख देवी अर्यालले स्वागत एवं शिक्षा शाखा प्रमुख बाबुराम बरालले संचालन गर्नुभएको थियो । पुतलीबजार नगर स्तरीय प्रज्ञा प्रतिष्ठान अघिल्लो बर्ष स्थापना भएको हो ।

Facebook Comments Box
TOP