वालिङ नगरपालिकाका मेलमिलापकर्तालाइ ५ दिने तालिम ।
जेठ २७, वालिङ :
स्याङ्जाको वालिङमा ५ दिवसीय मेलमिलाप तालिम सम्पन्न भएको छ । वालिङ नगरपालिकाका १४ वडाका गरी २७ जना मेलमिलाप कर्ताहरुलाई स्थानीय सरकार सवलिकरण कार्यक्रम अन्तर्गत ५ दिवसीय उच्च तालिम प्रदान गरिएको होे । नगरपालिका भरिका १ सय १ जना मेलमिलाप कर्ताहरु मध्ये समावेशिताका आधारमा २७ जनालाई तालिममा सहभागी गराइएको छ । कार्यक्रममा वालिङ नगरपालिकाका उप प्रमुख एवम् न्यायिक समितिका संयोजक कविता तिवारी गैह्रेले नागरिकहरुबाट आउने विवादलाई सहजिकरणमा सवल र सक्षम बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । नागरिकहरुबाट आएका विवाद समाधान गर्ने क्षमता अभिवृद्धिका लागि मेलमिलाप कर्ताहरुलाई महत्वपूर्ण सिकाई हुने उप प्रमुख गैह्रेले बताउनुभयो ।
वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा, द एशिया फाउण्डेशन गण्डकी प्रदेश संयोजक पुर्ण परियार, प्राकृतिक द्धन्द रुपान्तरण केन्द्र प्रशिक्षक पार्वती विक र सहभागीको तर्फबाट भोजराज गुरुङ, लिलादेवी सुवेदीले मन्तव्य राख्नुभएको थियो ।
द एशिया फाउण्डेसन एवम् प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको आर्थिक सहयोग र वालिङ नगरपालिकाको सहजिकरणमा जेठ २८ गते देखि ३१ गतेसम्म सञ्चालन भएको थियो । गतवर्ष पनि सोहि अनुसारको तालिम २७ जनालाई नै दिइएको थियो । प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रका पार्वती विक र अधिवक्ता शुसिल सिंखडाले कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो ।
वालिङ नगरपालिका नगर प्रमुख कृष्ण खाँणले वालिङ नगरपालिका न्यायीक क्षेत्रमा उदाहारणीय कार्य गरिरहेको र अन्य पालिकापनि वालिङ नगरपालिकाको सिको गरेको हुदा अझै प्रभावकारी रुपमा कार्य गर्न मेलमिताप कर्तालाइ अनुरोध गर्नुभएको छ ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


