पुतलीबजारका १४ वटै वडामा निशुल्क स्वास्थ शिविर, झण्डै ३ हजार महिला लाभान्वित

स्याङ्जा :
पुतलीबजार नगरपालिकाको आयोजना तथा जिल्ला अस्पताल स्याङ्जाको ब्यवस्थापनमा पुतलीबजारका १४ वटै वडामा महिलाका प्रजनन स्वास्थ्य सम्बन्धी निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएकोे छ ।
शिक्षा, स्वास्थ्य र पूर्वाधार समुन्नत पुतलीबजारको आधार भन्ने नाराका साथ प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ तथा ब्यवस्थापन सम्बन्धी निशुल्क स्वास्थ्य शिविर गरिएको छ । शिविरमा स्तन क्यान्स स्क्रिनिङ, अन्स्टेट्रिक फिस्टुला, आङ खस्ने समस्या र पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ भीआइए परिक्षण गरिएका हुन । बैशाख २८ गते पुतलीबजार नगरपालिका वडा न १३ मा सुरु भएको शिविर वेठ १४ गते वडा नं. १४ मा सम्पन्न भएको हो ।
समापन कार्यक्रममा बोल्दै नगरप्रमुख तुलसीराम रेग्मीले स्वास्थ्य नै धन भएकाले नगरपालिकाले यसअघि पनि ३ वटा बृहत स्वास्थ्य शिविर आयोजनागरी नगरबासीलाई स्वास्थ्य परिक्षणमा सहजीकरण गरेको बताउनुभयो । उहाले आँखा शिविर मार्फत आखा परिक्षण सहित मोतियाबिन्दुको शल्यक्रिया सहितको उपचार, मुटुरोग परिक्षण सहित आवश्यकता अनुरुप शल्यक्रियाको ब्यवस्थापन र बिभिन्न १२ प्रकारका रोगका परिक्षणसंगै उपचारका ब्यवस्थान संगै शल्यक्रियाको ब्यवस्थापन मिलाएको जानकारी दिनुभयो । चेतनाको अभाव र लाजका कारण धेरै महिलाले दुख भोगिरहनु परेको बताउदै उहाले घर नजिक उपचार पाएमा सहजरुपमा आफना समस्या जानकारी गराई उपचार लिन सक्नेछन भन्ने उदेश्यले पालिका भित्रका सबै वडामा यस्ता खालका शिविरको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख देवी अर्यालले नियमित परिक्षण नगरेकै कारण आफुले पिडा भोग्नु परेको र अन्य महिला दिदीबहिनीले पनि यस्ता समस्या भोग्नु नपरोस भन्दै यस्ता शिविरलाई पालिकाले प्राथकितामा राखेको जानकारी गराउनुभयो ।
कार्यक्रममा जिल्ला अस्पताल स्याङजाका मेडिकल अधिकृत डा. शुशिल ढकाल, वडा सदस्य मुबारक मिया लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । वडाअध्यक्ष जितेन्द्रप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख अनिषा सुवेदीले संचालन गर्नुभएको थियो ।
स्वास्थ्य शिविरबाट झण्डै ३ हजार जना महिलाले स्वास्थ्य परिक्षण गरेका छन ।
समाचार
थप सामाग्री
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
१ महिना अगाडि
पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा…