गल्याङको बर्थिङ सेन्टरमा पहिलो पटक जन्मियो शिशु

गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिका ३ बल्पुकमा रहेको गल्याङ नगर अस्पतालको वर्थिङ सेन्टरमा पहिलो पटक शिशुको जन्म भएको छ ।

गल्याङ नगरपालिकाले सञ्चालन गरिरहेको गल्याङ नगर अस्पतालको वर्थिङ सेन्टरमा आइतबार विहान पहिलो शिशु जन्मीएको हो ।

करिब दुई महिना अगाडि बर्थिङ सेन्टर स्थापना भएपछि यस अस्पतालमा पहिलो पटक बच्चा जन्माइएको गल्याङ नगर अस्पतालले जानकारी दिएको छ ।

वर्थिङ सेन्टरमा पहिलोपटक नवजात शिशुको जन्म भएपछि गल्याङ नगरपालिका प्रमुख गुरु प्रसाद भट्टराईले बर्थिङ सेन्टर पुगेर सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्था जानकारी लिनुभएको छ ।

उहाँले अस्पताललाई विश्वास गरेर सेवा लिएको भन्दै सुत्केरी तथा परिवारलाई धन्यवाद पनि दिनुभयो ।

गल्याङ नगरपालिका वडा नम्बर ७ कि २२ वर्षकी लिला सापकोटाले दोस्रो सन्तानको रुपमा ३२०० ग्राम तौल भएको छोरालाई सामान्य अवस्थामा जन्म दिनुभएको हो ।

गल्याङ नगरवासिहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै बच्चा जन्माउन टाढा जानुपर्ने समस्या को समाधानको लागि गल्याङ नगरपालिकाले केही महिना अघि देखि वर्थिङ सेन्टर को स्थापना गरि विशेषज्ञ सहितको सेवा सञ्चालन गरिरहेको छ।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP