बाख्रा फार्ममा आगलागी हुँदा ४० लाखको क्षति

वालिङ, जेठ २७ गते । स्याङ्जाको वालिङ नगरपालिका–१० ढकालडाँडामा रहेको एक बाख्रा फार्ममा आगलागी हुँदा झण्डै ४० लाखकाे क्षति भएको छ । गह्रौंकालिका व्यवसायीक बाख्रा पालन फार्ममा शनिबार राती भएको आगलागीमा परेर आधुनिक खोरहरु जलेर नष्ट भएका छन् भने ११ वटा बाख्रा जलेर नष्ट भएका छन् ।
फार्ममा एक सय बाख्रा रहेकोमा स्थानीय तथा प्रहरीको सहायतामा केही बाख्राहरु जीवितै र केहीलाई घाइते अवस्थामा उद्धार गरिएको फार्मको सञ्चालक रुक्मागत ढकालले जानकारी दिनुभयाे । उहाँका अनुसार आगलागीमा परेर बोयर जातका बोकाहरु तथा पाठाहरु जलेर नष्ट भएका हुन् ।
आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका डिएसपी तथा प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । फार्मका तीन वटा आधुनिक खोर, वर्षाको समयका लागि सञ्चित गरी राखिएको घाँस र बाख्राहरु जलेको उहाँको भनाइ छ ।
आगलागीमा परेर अन्दाजी ४० लाख क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
फार्ममा लागेको आगो स्थानीय नागरिक तथा प्रहरीको सहयोगमा राती नै नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । आगलागीका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विदेशबाट फर्किएर २०७६ सालमा बाख्रा फर्म खोल्नु भएका ढकाल वालिङका राम्रा व्यावसायीक बाख्रा पालक कृषकको रुपमा परिचित हुनुहुन्छ । gorkhapatra online

समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…