बाख्रा फार्ममा आगलागी हुँदा ४० लाखको क्षति
वालिङ, जेठ २७ गते । स्याङ्जाको वालिङ नगरपालिका–१० ढकालडाँडामा रहेको एक बाख्रा फार्ममा आगलागी हुँदा झण्डै ४० लाखकाे क्षति भएको छ । गह्रौंकालिका व्यवसायीक बाख्रा पालन फार्ममा शनिबार राती भएको आगलागीमा परेर आधुनिक खोरहरु जलेर नष्ट भएका छन् भने ११ वटा बाख्रा जलेर नष्ट भएका छन् ।
फार्ममा एक सय बाख्रा रहेकोमा स्थानीय तथा प्रहरीको सहायतामा केही बाख्राहरु जीवितै र केहीलाई घाइते अवस्थामा उद्धार गरिएको फार्मको सञ्चालक रुक्मागत ढकालले जानकारी दिनुभयाे । उहाँका अनुसार आगलागीमा परेर बोयर जातका बोकाहरु तथा पाठाहरु जलेर नष्ट भएका हुन् ।
आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका डिएसपी तथा प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । फार्मका तीन वटा आधुनिक खोर, वर्षाको समयका लागि सञ्चित गरी राखिएको घाँस र बाख्राहरु जलेको उहाँको भनाइ छ ।
आगलागीमा परेर अन्दाजी ४० लाख क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
फार्ममा लागेको आगो स्थानीय नागरिक तथा प्रहरीको सहयोगमा राती नै नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । आगलागीका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विदेशबाट फर्किएर २०७६ सालमा बाख्रा फर्म खोल्नु भएका ढकाल वालिङका राम्रा व्यावसायीक बाख्रा पालक कृषकको रुपमा परिचित हुनुहुन्छ । gorkhapatra online

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


