वालिङमा मासु पसलहरुको अनुगमन

वालिङ :
स्याङ्जाको वालिङमा मासु पसलहरुको अनुगमन गरिएको छ । भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र स्याङ्जा र वालिङ नगरपालिका पशु सेवा शाखाले मासु पसलहरुको अनुगमन गरेको हो । वालिङ नगरपालिका पशु सेवा शाखाको अनुरोधमा मासु पसलहरुको अनुगमन गरिएको पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका भेटेरीनरी नीरिक्षक डाक्टर रुपेश श्रेष्ठले बताउनुभयो । वालिङमा मासु व्यवसायी संघले निवेदन गरेकाले पनि अनुगमनलाई तिव्रता दिइएको डाक्टर श्रेष्ठले जानकारी दिनुभयो ।
मासु पसलको यथार्थ अवस्थालाई पहिचान गरी सरकारको प्रदेश तथा स्थानीय तहबाट के सहयोग गर्न सकिन्छ भनेर पनि अनुगमनलाई अगाडि बढाईको उहाँले उल्लेख गर्नुभयो । कार्य योजना बनाएर आगामी दिनमा मासु पसलको सुधार गर्दै लैजाने, मिनिमम मापदण्ड नपुगेकाहरुलाई मापदण्ड पूरा गर्न सुझाव दिने र मापदण्ड पूरा गर्दै लैजाने योजना रहेको डाक्टर श्रेष्ठको भनाई छ ।
अनुगमनका क्रममा मासु व्यवसायीहरुलाई पसलको न्यूनतम मापदण्ड पूरा गर्न, दर्ता नभएकालाई दर्ता गर्न तथा सरसफाइमा विशेष ध्यान दिनलगायतका सुझाव दिइएको डाक्टर श्रेष्ठले बताउनुभयो । भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र स्याङ्जा, वालिङ नगरपालिका पशु सेवा शाखाका डाक्टर रोशन बस्यालसहितका कर्मचारीहरु, प्रहरी र पत्रकारहरुको सहभागितामा वालिङ क्षेत्रमा रहेका मासु पसलहरुको आज बुधबार अनुगमन गरिएको थियो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…