वालिङमा मासु पसलहरुको अनुगमन
वालिङ :
स्याङ्जाको वालिङमा मासु पसलहरुको अनुगमन गरिएको छ । भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र स्याङ्जा र वालिङ नगरपालिका पशु सेवा शाखाले मासु पसलहरुको अनुगमन गरेको हो । वालिङ नगरपालिका पशु सेवा शाखाको अनुरोधमा मासु पसलहरुको अनुगमन गरिएको पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका भेटेरीनरी नीरिक्षक डाक्टर रुपेश श्रेष्ठले बताउनुभयो । वालिङमा मासु व्यवसायी संघले निवेदन गरेकाले पनि अनुगमनलाई तिव्रता दिइएको डाक्टर श्रेष्ठले जानकारी दिनुभयो ।
मासु पसलको यथार्थ अवस्थालाई पहिचान गरी सरकारको प्रदेश तथा स्थानीय तहबाट के सहयोग गर्न सकिन्छ भनेर पनि अनुगमनलाई अगाडि बढाईको उहाँले उल्लेख गर्नुभयो । कार्य योजना बनाएर आगामी दिनमा मासु पसलको सुधार गर्दै लैजाने, मिनिमम मापदण्ड नपुगेकाहरुलाई मापदण्ड पूरा गर्न सुझाव दिने र मापदण्ड पूरा गर्दै लैजाने योजना रहेको डाक्टर श्रेष्ठको भनाई छ ।
अनुगमनका क्रममा मासु व्यवसायीहरुलाई पसलको न्यूनतम मापदण्ड पूरा गर्न, दर्ता नभएकालाई दर्ता गर्न तथा सरसफाइमा विशेष ध्यान दिनलगायतका सुझाव दिइएको डाक्टर श्रेष्ठले बताउनुभयो । भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र स्याङ्जा, वालिङ नगरपालिका पशु सेवा शाखाका डाक्टर रोशन बस्यालसहितका कर्मचारीहरु, प्रहरी र पत्रकारहरुको सहभागितामा वालिङ क्षेत्रमा रहेका मासु पसलहरुको आज बुधबार अनुगमन गरिएको थियो ।


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


