वालिङमा शुभकामना आदानप्रदान कार्यक्रम ।

स्याङ्जा :
आजबाट नयाँ बर्ष अर्थात् २०८१ शुभारम्भ भएको छ । नयाँ बर्ष आरम्भ पारेर वालिङ १ ले आयोजना गरेको शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन र जनता पुस्तकालय उदघाटन कार्यक्रममा वडावासीले नयाँ बर्ष २०८१ सुशासन र समृद्धिको बर्षको रुपमा विकास होस भन्ने कामना गरे । हरेक बर्ष आउछ जान्छ तर नयाँ बर्षमा शुभकामना दिने मात्रै काम नभएर २०८१ साच्चिैकै मुलुकको समृद्धि सगै वालिङ नगरको मुहार फेरिने विश्वास व्यक्त गरे ।
हरेक नयाँ बर्ष आशा लिएर आउछ तर जाने बेला निरासा भएर बिदाई हुने गरेको स्मरण गर्दै वडावासीले उत्साहका साथ शुभारम्भ भएको ०८१ साल बिदाई गर्दापनि उमङ्ग र उत्साहका साथ बिदाई गर्न पाइयोस भन्ने कामना गरे । शुभकामना आदानप्रदान, २०८१ को भित्तेपात्रो विमोचन र जनता पुस्तकालयको उदघाटन गर्दै वालिङ नगर प्रमुख कृष्ण खाँणले वडावासीले दिएको शुभकामना सन्देशले साच्चिकै समृद्धिकै बर्ष हुने विश्वास व्यक्त गरे ।


शुभकामना आदान प्रदान कार्यक्रममा नगर प्रमुख खाँणले हराउन थालेको जनता पुस्तकालयको खोजी जसरी यो वाडले गरेको छ त्यसरी नै हराउन थालेका र हुन नसकेका विकासका आयोजनाहरु यो बर्षबाट शुभारम्भ हुने प्रतिवद्धता व्यक्त गरे । परिवर्तनको सम्वाहकको रुपमा रहेको जनता पुस्तकालय पुन स्थापना गरेर वडा नम्वर १ ले महत्वपुर्ण काम गरेको भन्दै नगर प्रमुख खाँणले अब हरेक वाडले पुस्तकालय बनाउने अभियान शुरु गर्न आग्रह गरे । पढ्ने बानीको विकास घट्दै जान थालेको प्रति चिन्ता व्यक्त गर्दै नगर प्रमुख खाँणले यस्ता पुस्तकालय स्थापना गरेर पढ्ने बानीको विकास बढाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा जनता पुस्तकालयका अध्यक्ष जिवलाल काफ्लेले परिवर्तनका लागि स्थापना गरिएको पुस्तकालयलाई वडाले व्यँुताउने काम गरेकोमा धन्यवाद दिए । पञ्चायत बिरुद्धको आन्दोलनमा नागरिकलाई सु—सुजित गर्ने उदेश्यले स्थापना गरिएको यो पुस्तकालय इतिहास भएको स्मरण अध्यक्ष काफ्लेले गरे । वालिङ १ का वडा अध्यक्ष तथा वालिङ नगर प्रवक्ता पदमराज गुरुङ्ले सुतेको जनता पुस्तकालयलाई नयाँ बर्षको शुभारम्भ सगै व्युँताउने प्रयास गरिएको बताए । यो बर्षमा सुतेर रहेका सबै क्षेत्रको खोजीगरी व्युँताउन प्रेरित गर्न यो नयाँ बर्षले साथ दिने आशा अध्यक्ष गुरुङ्ले गरे ।
कार्यक्रममा वालिङ नगरपालिकाका सबै वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, टोल विकास संस्थाका अध्यक्षहरु, सामाजिक व्यत्तित्व, सरकारी कार्यालयका प्रमुख, संचारकर्मी, विभिन्न राजनीतिकदलका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । वडा सदस्य तथा कार्यपालिका सदस्य सिता विकले स्वागत गरेको कार्यक्रमको संचालन वडा सचिव बुद्धिनारायण पंगेनीले गरेका थिए ।

Facebook Comments Box
TOP