गण्डकीमा मुख्यमन्त्री अधिकारीले लिए शपथ, चुमान र मनाङे बने मन्त्री ।

khagaraj adhikari gandaki

कास्की

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले सिमलचौरस्थित प्रदेश प्रमुखको निवासमा शपथग्रहण गराए ।

नेकपा एमाले संसदीय दलका नेता अधिकारीले आइतबार बिहानमात्रै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरी शपथग्रहण गराएका हुन् ।

अधिकारी दोस्रो पटक मुख्यमन्त्री बनेका हुन् । अधिकारीले शपथग्रहण गरेलगत्तै सानो आकारको मन्त्रीमण्डल समेत गठन गरेका छन् ।

सुरुवातमा मुख्यमन्त्री अधिकारीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्री बनाएका छन् । उनीहरुलाई मन्त्रालय भने दिइएको छैन । मुख्यमन्त्री अधिकारीलगत्तै मन्त्री चुमान र मनाङेले पनि शपथ लिएका छन् ।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP