गण्डकीमा मुख्यमन्त्री अधिकारीले लिए शपथ, चुमान र मनाङे बने मन्त्री ।
कास्की
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले सिमलचौरस्थित प्रदेश प्रमुखको निवासमा शपथग्रहण गराए ।
नेकपा एमाले संसदीय दलका नेता अधिकारीले आइतबार बिहानमात्रै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरी शपथग्रहण गराएका हुन् ।
अधिकारी दोस्रो पटक मुख्यमन्त्री बनेका हुन् । अधिकारीले शपथग्रहण गरेलगत्तै सानो आकारको मन्त्रीमण्डल समेत गठन गरेका छन् ।
सुरुवातमा मुख्यमन्त्री अधिकारीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्री बनाएका छन् । उनीहरुलाई मन्त्रालय भने दिइएको छैन । मुख्यमन्त्री अधिकारीलगत्तै मन्त्री चुमान र मनाङेले पनि शपथ लिएका छन् ।
समाचार
थप सामाग्री
कृषि विकास सम्वन्धी अन्तरक्रिया सम्पन्न ।
५ दिन अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङमा कृषि विकास सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराइले कृषि र…


