एमाले स्याङ्जाको अधिवेसन : लोगो सार्वजनिक
स्याङ्जा :
नवौ जिल्ला अधिवेसनको तयारीमा जुटेको नेपाल कम्युनिष्ट पार्टी एमाले स्याङ्जाले लोगो सार्वजनिक गरेको छ । स्याङ्जाको पहिचान झल्किने र सवै जातजातीलाई एकताको सुत्रमा बाँध्ने चिन्ह अंकित गरिएको नवौ जिल्ला अधिवेसनको लोगो सार्वजनिक गरिएको जिल्ला अध्यक्ष सूर्य प्रसाद गैह्रे(पारस)ले जानकारी दिए ।
गोलाकार अंकित लोगोमा पार्टीको चुनाव चिन्हको छत्रछाँया मूनी पार्टीको झण्डा बोकेका कार्यकर्तालाई चित्रण गरिएको छ । यस्तै आँधिखोला नदीले आँधिखोले सभ्यता झल्काएको छ । स्याङ्जाको सुन्तला र कफीलाई आर्थिक समृद्धिसँग जोड्न खोजिएको छ । लोगोको मुनि भागमा सबै जातजातीको कला संस्कृतिलाई देखाईएको छ । जस्ले यहाँको जातीय एकता मजबुत छ भन्ने सन्देश दिएको अध्यक्ष गैह्रेले लोगोको परिचय दिए ।
जिल्ला पार्टी कार्यालय स्याङ्जामा लोगो सार्वजनिक गर्दै अध्यक्ष गैह्रेले जिल्ला भित्रको पार्टीलाई मजबुत बनाउने गरी अधिवेशन सम्पन्न गरिने बताए । यही चैत २३ र २४ गते आयोजना हुने नवौं अधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्धघाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष गैह्रेले बताए ।
अधिवेशनको समय नजिकिंदै गर्दा जिल्लाको नेतृत्व सम्हाल्ने उम्मेदवारको चर्चा पनि स्याङ्जामा बढ्न थालेको छ । अहिले अध्यक्षको आकांक्षीमा बहालवाला जिल्ला अध्यक्ष सूर्य प्रसाद गैह्रे र सचिव राजेन्द्र डुम्रेको चर्चा छ । यस्तै पूर्व सासंद र प्रदेश कमिटीका पदाधिकारी समेत जिल्ला अध्यक्षको आकांक्षी रहेको चर्चा छ । चर्चा रहेपनि अहिले सम्म जिल्ला अध्यक्षको उम्मेदवारी भने घोषणा गरेका छैनन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


