इलाम २ मा एमालेले स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाउने ।

suhang nemwang

काठमाण्डौ:
सत्तारुढ दल एमालेले इलाम निर्वाचन क्षेत्र नम्बर- २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। रिक्त प्रतिनिधिसभा सदस्य चयनका लागि आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा एमालेले सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। सुहाङ स्वर्गीय सुवास नेम्वाङका छोरा हुन्।

इलाम-२ बाट निर्वाचित सुवास नेम्वाङको गत २६ भदौमा निधन भएकाले सो निर्वाचन क्षेत्र रिक्त छ। त्यसैले उपनिर्वाचन हुन लागेको हो।

एमालेले लगातार जितेको सो क्षेत्रमा एमालेले नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। जिल्ला र प्रदेशबाट सुहाङसहित ६ जनाको नाम केन्द्रमा सिफारिस भएको थियो।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP