वडा स्तरीय सुपर सिक्सको उपाधी मालुङ्गालाई

गल्याङ :
राष्ट्रका लागि खेलकुद स्वास्थ्यकाे लागि खेलकुद भन्ने मूल नारा सहित गल्याङ नगरपालिका वडा न ९ बेल्चौरमा आयोजित गल्याङ नगर स्तरीय सुपर सिक्स कृकेट प्रतियोगिताको उपाधी मालुङ्गाले हात पारेको छ ।
समापन कार्यक्रममा बोल्दै गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराई ले खेलकुदको माध्यम बाट अनुसाशित र राष्ट्रिय खेलाडी बनाउन को लागि यस्ता खेलकुदले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयाे ।
गल्याङ नगरपालिकाको समग्र विकासको लागि आफू सदैव लागि परेको उहाँकाे भनाइृ छ। कार्यक्रममा गल्याङ नगरपालिका वडा न ९ का अध्यक्ष नामदेब खनाल, समाजसेबी टङ्क प्रसाद खनाल, नरेन्द्र अर्याल लगाएतले बोल्नु भएको थियो । प्रतियोगिता मा १४ टिम को सहभागी रहेको थियो । प्रतियोगिता विविध कार्यक्रम सहित सम्पन्न भएको थियो ।
प्रतियोगितामा प्रथम मालुङ्गा युवा क्लब र दोस्रो दिमिक युवा क्लब भएको थियो । प्रथमले नगद रु २५,००० शिल्ड मेडल र प्रमाणपत्र साथै दोस्रो दिमिक युवा क्लबले नगद रु १५,००० प्राप्त गरेको छ । समापन कार्यक्रम को अध्यक्षता बेल्चौर कृकेट क्लबका अध्यक्ष प्रकाश खनालले गर्नु भएको थियाे भने सन्चालन सालिकराम खनाल ले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…