वडा स्तरीय सुपर सिक्सको उपाधी मालुङ्गालाई
गल्याङ :
राष्ट्रका लागि खेलकुद स्वास्थ्यकाे लागि खेलकुद भन्ने मूल नारा सहित गल्याङ नगरपालिका वडा न ९ बेल्चौरमा आयोजित गल्याङ नगर स्तरीय सुपर सिक्स कृकेट प्रतियोगिताको उपाधी मालुङ्गाले हात पारेको छ ।
समापन कार्यक्रममा बोल्दै गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराई ले खेलकुदको माध्यम बाट अनुसाशित र राष्ट्रिय खेलाडी बनाउन को लागि यस्ता खेलकुदले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयाे ।
गल्याङ नगरपालिकाको समग्र विकासको लागि आफू सदैव लागि परेको उहाँकाे भनाइृ छ। कार्यक्रममा गल्याङ नगरपालिका वडा न ९ का अध्यक्ष नामदेब खनाल, समाजसेबी टङ्क प्रसाद खनाल, नरेन्द्र अर्याल लगाएतले बोल्नु भएको थियो । प्रतियोगिता मा १४ टिम को सहभागी रहेको थियो । प्रतियोगिता विविध कार्यक्रम सहित सम्पन्न भएको थियो ।
प्रतियोगितामा प्रथम मालुङ्गा युवा क्लब र दोस्रो दिमिक युवा क्लब भएको थियो । प्रथमले नगद रु २५,००० शिल्ड मेडल र प्रमाणपत्र साथै दोस्रो दिमिक युवा क्लबले नगद रु १५,००० प्राप्त गरेको छ । समापन कार्यक्रम को अध्यक्षता बेल्चौर कृकेट क्लबका अध्यक्ष प्रकाश खनालले गर्नु भएको थियाे भने सन्चालन सालिकराम खनाल ले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


