पुतलीबजार नगरपालिका : वडाको आफ्नै भवन
स्याङ्जा :
पुतलीबजार नगरपालिका १४ स्थित आमडाँडामा नवनिर्मित वडा कार्यालय भवनको उदघाटन गरिएको छ ।
वडा कार्यालय भवनको संघिय सांसद राजु थापाले उदघाटन गर्नु भएको हो । भवन उदघाटन गर्दै सांसद थापाले आफनै भवनबाट कार्यालयका सेवा सुबिधा पाउनेभएपछि वडाबासीलाई सेवाप्राप्तिमा सहज हुने बताउनुभयो ।
धेरै वडा कार्यालयले भाडामा लिएर कार्यालयका सेवा प्रवाह गरिरहेका बेला १४ वडाले सुबिधासम्पन्न भवन निर्माण गरेकोमा खुशी ब्यक्त गर्दे धन्यवाद दिदै आउदा दिनमा कार्यालयलाई आवश्यक सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुद देवी अर्याल, नगर प्रवक्ता मनोज पौडेल, पुतलीबजार नगरपालिका ८ का वडाअध्यक्ष इमबहादुर सेन, नेपाली काग्रेसका सहसचिब धु्रवबन्धु पौडेल, एकिकृत समाजवादीका सोभित केसी, कांग्रेस गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ, निवर्तमान वडाअध्यक्ष शेषराज ढकाल, टोल संयोजक इमनाथ पुरी लगायतले वडाबासी र नगरपालिकाको सहयोगमा वडा कार्यालय बनाउन पाएकोमा खुशी ब्यक्त गर्नुभयो ।
कुल ६८ लाख ५८ हजार रुपैंयाको लागतमा साढे २ तलाको भवनमा बैठक हल सहित ६ वटा कोठा र सार्वजनिक २ वटा सहित ७ वटा शौचालय निर्माण गरिएको वडा सदस्य मुवारक मियाले जानकारी दिनुभयो ।
वडा अध्यक्ष जितेन्द्रप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य रामु ढकालले स्वागत एवं स्वास्थ्य प्रमुख बिष्णुप्रसाद काफलेले संचालन गर्नुभएको थियो ।
सो भवन करिब २ बर्षअघि नगरप्रमुख तुलसीराम रेग्मीले शिलान्यास गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


