गल्याङमा नाफा प्रोजेक्ट सञ्चालनमा, कृषि उत्पादन बढाउन प्रभावकारी हुने ।
गल्याङ :
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले पालिका भित्र विशेष गरेर रोजगारी सिर्जना गर्न समस्या भएको र बादरहरुको समस्या भईरहेको अबस्थामा रोजगारीको सिर्जना गर्र्दै खास गरेर बादरले असर नपार्ने खालका फलफूल,तरकारी लगाउने अभियानका साथ गल्याङ नगरपालिका अगाडि बढेको बताउनु भयो ।
नाफा प्रोजेक्टको आयोजनामा गल्याङ नगरपालिकाको सभा हलमा आयोजित गल्याङ नगरपालिकाका कृषकसँग अन्तरक्रिया तथा आयोजना सम्बन्धि अभिमुखीकरण कार्यक्रमको सुभारम्भ गर्दै सो कुरा बताउनु भएको हो । उहाँले भन्नु भयो गण्डकी प्रदेश भित्रका ३४ पालिका भित्र सञ्चालन हुने कार्यक्रम सात वर्ष सम्म सञ्चालन गरिने कुरा बताउनु भयो ।
उत्पादनसंग जोडदै उत्पादनमा बृद्वि गर्ने र आत्मनिर्भर बन्ने निर्यात गर्ने आजका दिन सम्म गल्याङ नगरपालिकाले २० करोड बराबरको कृषिजन्य बस्तु नियात गर्ने गरेको र आगामी दिनमा १ अर्बको निर्यात गर्ने पक्षका साथ अगाडि बढेको प्रमुख भट्टराईको भनाई छ ।

उहाँले भन्नु भयो धेरै बेरोजागर व्यक्तिहरुलाई स्वरोजगार बनाउदै जीवन स्थरमा सुधार ल्याउने आय आर्जनसंग बृद्वि गर्दै सकरात्मक सोचका साथ सबै बुद्विजिवी समाजसेवी राजनीतिकदलका सबैको साथ सहयोगमा कार्यक्रमलाई अगाडि बढाउने कुरा बताउनु भयो ।
कार्यक्रममा नाफा प्रोजेक्टका बरिष्ठ कृषि अर्थ विज्ञ शशि अधिकारीले पहाडी क्षेत्रमा बादरले असर नगर्ने खालका फलफूल र तरकारी लगाउने तथा पशुपालन व्यवसाय सञ्चालन गर्ने र यस क्षेत्रका कृषकहरुका लागि यो परियोजना आएको र त्यसलाई सहि रुपमा गल्याङ नगरबासीले सदुपयोग गर्नु पर्ने र हामीले तालिम दिन्छौ त्यसको भरपुर सदुपयोग गर्न उत्पादनमा अगाडि वढ्न समेत आग्रह गर्नु भएको थियो ।
गल्याङ नगरपाकिला भित्रका जनप्रतिनि,कर्मचारी तथा कृषक गरि ७० जनाको सहभागीता थियो । कार्यक्रम गल्याङ नगरपालिका भित्रका कृषकहरुको उत्साहजनक सहभागीता रहेको नाफा प्रोजेक्टका कृषि प्रसार अधिकृत विनोद शर्माले जानकारी दिनु भयो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


