भौतिक विकाससगै चेतनाको विकास आवश्यक : सांसद राजु थापा
स्याङ्जा :
संघीय सांसद राजु थापाले भौतिक विकाससगै चेतनाको विकास आवश्यक रहेको बताउनु भएकाे छ ।
चाहेर नचाहे पनि भौतिक विकास क्रमिक रुपले भइरहने बताउदै उहाँले चेतनाको विकास नभएमा मुलुकले विकास, समृद्धि र लक्ष्य हासिल गर्न नसक्नेमा जोड दिनुभयो ।
पुतलीबजार नगरपालिका ५ स्थित शीतला माध्यमिक बिद्यालयको स्वर्ण जयन्ती अर्थात ५० औं बार्षिकोत्सवको मंगलबार उदघाटन गर्दै उहाँले शिक्षाका लागि राज्यको ठूलो लगानी रहेको सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तीय बृद्धिका लागि सबैले गम्भीर भएर सोच्नु पर्ने समय आएको बताउनुभयो ।
‘नैतिक शिक्षाको अभावमा अनुशासनहितना बढेको छ । नैतिक र संस्कृत जस्ता हाम्रा मौलिक शिक्षामा बौद्धिक जमातबाटै प्रहार भएका छन् । कयौं शब्द हटाउने र बिगार्ने प्रपञ्च गरिएका छन’ उहाले भन्नुभयो । बिद्यालयको शैक्षिक र भौतिक गुणस्तर बृद्धिका शिक्षक, अभिभावक, बिद्यार्थी, ब्यवस्थापन समिति, जनप्रतिनिधि र समुदाय एकै ठाउँमा बसेर चिन्तन, मनन् गर्नु पर्ने समय आएको बताउनुभयो ।
सामुदायिक बिद्यालयमा बिद्यार्थी संख्या बढाउन अंग्रेजी भाषाका माध्यमबाट पढाउन र टाढा टाढाबाट बिद्यार्थी पढ्न आउने वातावरण मिलाउन बिद्यालय बस संचालन गर्नु पर्नेमा उहाले जोड दिनुभयो । यस कार्यका आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री पञ्चराम गुरुङ्ले आफु पढेको शिक्षालयको लागि बिगतदेखि सहयोग गर्दे आएको र आउने दिनमा पनि थप आवश्यक सहयोग गर्ने बताउनुभयो ।
सोही कार्यक्रममा पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले बिद्यालयलाई आवश्यक सहयोग गर्ने जनाउदै बस खरिदका लागि ५ लाख रुपैंया उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले आफु निर्वाचित भएपछि बिद्यार्थीका लागि संघिय सरकारले दिएको रकममा पुतलीबजार नगरपालिकाले थप १० रुपैंया खाजाका लागि उपलब्ध गराएको र सब इन्जिनियर अध्ययनका लागि प्रत्येक वडाबाट २÷२ जनागरी २८ जनालाई जनही एक लाख ५ हजार नगद उपलब्ध गराएको जानकारी गराउनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


