कालिका माविका चार सय विद्यार्थीको गरियो आँखा परीक्षण ।
स्याङ्जा :
पुतलीबजार नगरपालिकाको आयोजना तथा वी एम फाउण्डेशनको प्राबिधिक सहयोगमा पुतलीबजार नगरपालिका १३ स्थित कालिका माध्यमिक बिद्यालयमा आँखा उपचार शिविर गरिएको छ ।
शिविरको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले अति संवेदनशील अंग आँखाको संरक्षण तथा अवस्थाका बारेमा जानकारी लिने उदेश्यले पुतलीबजारले वीएम फाउण्डेशन संग सहकार्य गर्दै शिविर संचालन गरेको बताउनुभयो । आँखा शिविरबाट बिद्यालय परिवार र स्थानीय नागरिकले समेत सेवा लिन पाउने अवसर नगुमाउन उहाँले आग्रह गर्नुभयो । एकै पटक सबै वडामा संभव नभएकाले यसपटक नगरपालिका भित्रका ३ वटा वडाका ३ वटा बिद्यालयमा आँखा शिविर गर्ने पनि उहाले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसपटक पुतलीबजार नगरपालिका ९ स्थित कोल्मा वराहचौर माध्यमिक बिद्यालयमा २३ गते र टक्सार स्थित हिमालय माध्यमिक बिद्यालयमा २४ गते पनि आखाँ उपचार शिविर संचालन गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, प्रधानाध्यापक विरबहादुर क्षेत्रीले नियमित आँखा परिक्षण गर्नेु पर्ने जनाउदै आफना घर नजिकै आएका यस्ता शिविरबाट धेरै भन्दा धेरैले लाभ लिनु पर्नेमा जोड दिनुभयो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मिनप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक कृष्णशरण लामिछानेले गर्नुभएको थियो । शिविरबाट बिद्यालयका ४ सय बिद्यार्थी र स्थानीयबासीगरी झण्डै चार सय ५० जनाले आखाँ परिक्षण गराएको बिद्यालयले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


