नागरिकलाई गाउँमा नै स्वास्थ्य सेवा पुर्याउने अभियानमा छौ : नगर प्रमुख भट्टराई
वालिङ :
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले गाउँगाउँमा नै सहज स्वास्थ्य सेवा पुर्याउने अभियानमा लागेको बताउनु भएको छ । स्वास्थ्य शिक्षा जस्ता आधारभूत विषयलाई पालिकाले प्राथमिकता दिएको भन्दै प्रमुख भट्टराईले नागरिकलाई सहज सेवा उपलव्ध गराउँन दीर्घकालिन र अल्पकालिन योजना बनाएर काम गरिरहेको जानकारी दिनुभयो ।
गल्याङ नगरपालिका ३ मा रहेको नगर अस्पतालमा प्रसुती गृह भवनको उद्घाटन तथा सेवा सुभारभ्म गर्नुहुँदै नगर प्रमुख भट्टराईले अब प्रसुती गराउन बाहिर जानु पर्ने बाध्यता हटेको बताउनु भयो ।

नगर अस्पताललाई सुधार गर्दै प्रभावकारी सेवा दिन सक्ने बनाईएको नगरप्रमुख भट्टराईको भनाई छ । उहाँले भन्नुभयो,“हामी निर्वाचित भएर आउँदा मासिक लाखौं रुपैया अस्पताललाई पालिकाले दिनुपर्ने अवस्था रहेको थियो तर अहिले पैसा दिनु पर्दैन सेवा भने झन प्रभावकारी भएको छ ।” अस्पताल कै आम्दानीबाट अस्पताल परिसरमा विकास निर्माणको काम गरिएको छ भट्टराईले थप्नु भयो । अस्पतालमा आवश्यक पर्ने अत्याधुनिक उपकरण समेत अस्पताल कै आम्दानीबाट खरिद गर्न आफूहरु सफल भएको उहाँको भनाई छ ।
संघीय सरकारको नगर अस्पताल सुदृढीकरण कार्यक्रम अन्तर्गत ५६ लाख र नगरपालिकाको ४१ लख गरि ९७ लाखको लागतमा प्रसुती सेवा सञ्चालनका लागि नयाँ भवन निर्माण गरिएको प्रमुख भट्टराईले जानकारी गराउनु भयो ।

कार्यक्रममा तत्कालिन जिल्ला विकास समितिका सभापति तथा तत्कालिन गल्याङ सामुदायिक अस्पतालका तदर्थ समितिका अध्यक्ष लालगोपाल अर्याल,नेकपा एमाले नगरकमिटि अध्यक्ष दान बहादुर थापा, गल्याङ ३ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई,भूपु सैनिक बोर्डिङ स्कुलका प्रिन्सिपल राजेन्द्रदेब खनाल,रास्वपाका नगर सभापति टिकाराम भण्डारी,अस्पतालका पूर्ब उपाध्यक्ष प्रेमराज श्रेष्ठ,चन्द्र बहादुर रखाली,जिल्ला स्वास्थ्य कार्यालयका मित्रप्रसाद अर्याल लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद वली र पव्लिक हेल्थ नर्श विसर्जना थापाले पालिकाले दिईरहेका स्वास्थ्य सेवाका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रमको सञ्चालन नगर अस्पतालका प्रमुख गुनेन्द्र रानाले गर्नु भएको थियो ।
नगर अस्पतालबाट गर्भवती पूर्व सचेतना प्रदान,गर्भवती परीक्षण,गर्भावस्थाको स्वास्थ्य जाँच,सुरक्षित प्रसुती लगायतका सेवा प्रवाह गर्न सुरु गरिएको अस्पतालले जनाएको छ । परिवार नियोजना सेवा पनि निरन्तर रहेको पालिकाको भनाई छ ।

समाचार
थप सामाग्री
पूर्वाधार अभावले सुनसान बन्दै पञ्चासे भञ्ज्याङ
२ महिना अगाडि
स्याङ्जा : स्याङ्जा र कास्की जिल्लाको सिमानामा अवस्थित प्रसिद्ध पर्यटकीय क्षेत्र पञ्चासे भञ्ज्याङ पछिल्लो समय सुनसान बन्दै गएको छ ।…


