डा.बाबुराम भट्टराई नेतृत्वको नेसपा विभाजित।

 

काठमाण्डौ:
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्रराय यादव पक्षले माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेपछि सो पार्टी आधिकारिक रूपमा विभाजित भएको छ । पार्टीको आधिकारिकता कोसँग रहन्छ भने कानुन लडाइँ भने बाँकी नै छ । दुवै पक्षले बहुमत आफूसँग रहेको दाबी गरिरहेका छन् ।

नेसपाका अर्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले आइतबार कार्यकारिणी समितिको बैठक बोलाएको छ । सो बैठकमा यादव पक्षका नेताहरू नजाने भएका छन् । अध्यक्ष भट्टराईले पार्टीमा सल्लाह नै नगरी बोलाएको बैठकमा आफूहरू नजाने अर्का अध्यक्ष यादव पक्षका महासचिव रमेश यादवले बताए ।

‘भट्टराई यो पार्टीमा रहने नरहने कुराको छिनोफानो भोलि बस्ने बैठकबाट हुन्छ,’ महासचिव यादवले भने, ‘उहाँहरूले भोलि बैठक बोलाउनु भएको छ, सो बैठकमा हामी जाँदैनौँ । उहाँहरूको त्यो बैठकले कस्तो निर्णय गर्छ त्यसबाट पार्टीको धेरै कुरा निर्धारण हुन्छ ।’

महासचिव यादवले आफूहरूसँग बहुमत रहेको दाबी गरे । उनले नौ जना पदाधिकारीमध्ये एक जना दानबहादुर चौधरीले पार्टी छाडिसकेको जानकारी दिँदै बाँकी आठ जनामध्ये चार जना आफूहरूको पक्षमा रहेको बताए । उनले १६८ सदस्यीय केन्द्रीय कमिटीमा ९० जना आफूहरूको पक्षमा रहेको पनि दाबी गरे ।त्यस्तै पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले सिंगो नेपाल समाजवादी पार्टी नेकपा (माओवादी केन्द्र) सँग एकता गर्न लागेको बताए ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP