अर्को बर्षसम्म वसपार्क निर्माण सम्पन्न हुन्छ : नगरप्रमुख खाँण
वालिङ :
वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले अबको दुई वर्षमा वालिङ बसपार्क निर्माण सम्पन्न हुने बताउनुभएको छ ।
वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख खाँणले विकास र निर्माणका कार्यमा नगरपालिकाले गति लिएको बताउनुभएको हो ।
नागरिकका अथाह अपेक्षा र आवश्यकताकाबीच जनप्रतिनिधिहरुले काम गरिरहेको उल्लेख गर्दै नगरप्रमुख खाँणले वालिङमा व्यवस्थित पार्किङसहित लामो र छोटो दुरीको यात्राको लागि छुट्ने यातायातको लागि बसपार्क निर्माणको लागि टेण्डर प्रक्रिया अगाडि बढेको उल्लेख गर्नुभयो ।
उहाँले वालिङ नगरपालिका आर्थिक रुपमा वलियो बनाउनको लागि दीर्घकालीन योजना अनुसार खानी उत्खननको काम सुरु भैसकेको जानकारी दिनुभयो । ‘हामिले आधिखोला वहुउद्येश्यीय जलविहार परियोजनाका लागि २ वर्ष अगाडी नै पूर्व सम्भाव्यता अध्ययन सकिसकेका छौँ’ खाँणले भन्नुभयो–‘विभिन्न प्राइभेट सेक्टर,प्रदेश कार्यलयहरु, राष्ट्रिय योजना आयोग मार्फत अर्थ मन्त्रालयमा पेश गरिएको र यो आर्थिक वर्षमा थप अध्ययनको लागि प्रदेश सरकार बाट रु २० लाख विनियोजन भएको छ ।’
नगरप्रमुख खाँणले व्यापारी व्यवसायी उद्योगी सबै आर्थिक कारण आज निराशामा देखिएको उल्लेख गर्दै युवाहरूमा पलायनको दृष्टिकोण बढेको बताउनुभयो । समग्र मुलुकमा व्याप्त यस समस्यालाई सरकारको नेतृत्व गरिरहेका संस्थाहरुले गहन रुपमा विश्लेषण गर्न जरुरी रहेको बताउनुभयो । ‘केन्द्र र प्रदेश सरकारले अब नयाँ योजना र दृष्टिकोणका साथ यो विषयलाई समेटेर हामी स्थानीय सरकार मार्फत् जनता बीचका निराशा आर्थिक संकटको समाधानका उपायहरू नीति कार्यक्रम मार्फत ल्याई निराशा बीचमा आशाको किरण छर्नु पर्ने र राष्ट्रियता विमुख बन्दै गई रहेको नागरिकको मानसिकता लाई उत्साह र आशा बादिता मा फर्काउन वालिङ नगर तयार रहेको विषय यहाँहरु बिच जानकारी गराउन चाहन्छौं –नगरप्रमुख खाँणले उल्लेख गर्नुभयो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


