वालिङ महोत्सवमा व्यापार गरिरहेका व्यापारीसंग नगरपालिकाको चियापान ।

waling festival waling mun

वालिङ :
वालिङ नगरपालिकाले आठौँ वालिङ महोत्सवमा व्यापार व्यवसाय गरिरहेका व्यापारीहरुसंग चियापान तथा अन्तरक्रिया गरेको छ । यही माघ १८ गतेबाट शुरु भएको आठौँ महोत्सवको आयोजकको रुपमा रहेको नगरपालिकाले बुधबार महोत्सव स्थलमै पुगेर चियापान तथा अन्तरक्रिया गरेको हो । कार्यक्रममा वालिङ नगरप्रमुख कृष्ण खांणले वालिङ नगरपालिका पनि महोत्सवको आयोजक रहेको भन्दै महोत्सव सफल बनाउन नगरपालिका तथा सिंगो वालिङ लागिपरेको बताउनुभयो ।
बाहिर आएका हल्ला अनावश्यक रहेको भन्दै वालिङ महोत्सवले वालिङलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउन मद्दत गरेको बताउँदै बाहिरबाट आउनु भएका व्यावसायीलाई स्वागत गर्दै नगरपालिका साथमा रहेको प्रमुख खांणले बताउनुभयो । नगरप्रमुख खांणले भन्नुभयो,“बाहिर आएका हल्लाको कुनै तुक छैन् । वालिङ महोत्सव हामी सबैको पर्व तथा साझा मञ्च हो । महोत्सवलाई सफल पार्न यहाँको स्थानीय सरकार सहित आम सर्वसाधरण उत्तिकै लागिरहनुभएको देखिएको छ । महोत्सवको सातौँ दिनआईपुग्दा जनसहभागिता बढ्दो छ । महोत्सवले विगतदेखि वालिङको पहिचान बनाउन टेवा पु¥याउँदै आएको छ बनाएको छ ।”


कार्यक्रममा निर्वतमान नगरप्रमुख दिलिपप्रताप खांणले महोत्सव सफलतातर्फ उन्मुख भएको भन्दै महोत्सवमा सुरक्षा व्यवस्थालाई विषेश ध्यान दिन आग्रह गर्नुभयो । निर्वतमान नगरप्रमुख खांणले भन्नुभयो,“महोत्सवलाई व्यवस्थित गर्न सुरक्षा महत्वपुर्ण पक्ष हो । धेरै जनसागर सहभागि हुने कार्यक्रममा सुरक्षा बलियो बनाउनुपर्छ ।”
साथै कुनै पनि कदम चाल्दा तथा कुनै कार्य सम्पन्न गर्दा केहि सकरात्मक र केहि नकरात्मक कुराहरु दुवै आउने भन्दै त्यस्ता दुवै पक्षलाई समन्वयकारी भुमिका निर्वाह गर्दै अगाडि बढ्न सुझाव दिनुभयो । कार्यक्रममा महोत्सवमा व्यापार गर्दै अएका व्यापारीहरुले मौसम प्रतिकुलताका कारण दुई महोत्सव उद्दघाटन र भोलीपल्ट व्यापार नभएको गुनासो गर्दै थप दुई दिन महोत्सव लम्ब्याउन आग्रह गरेका थिए । साथै उनीहरुले स्टल धेरै भएको र व्यापार कम भएको गुनासो समेत गरेका छन् ।

Facebook Comments Box
TOP