दिलिप खाँणको संयोजकत्वमा वालिङले बनायो सल्लाहकार समिति(को-को छन् सदस्य)
वालिङ,फागुन ७ गते ।
स्मार्ट सिटिको अवधारणमा अगाडि बढिरहेको वालिङ नगरपालिकाले सल्लाहकार समितिको गठन गरेको छ । स्मार्ट सिटिको २० बर्षे दीर्घकालिन योजना बनाएर अगाडि बढेको पालिकाले पूर्ब मेयर दिलिपप्रताप खाँणको संयोजकत्वमा सल्लाहकार समिति बनाएको हो ।
समितिमा विभिन्न क्षेत्रका जानकार तथा बिज्ञहरुलाई समेटिएको छ । जसमा सेवा निबृत्त कर्मचारी देखि पत्रकार सम्म रहेकाछन् ।
गएकाे माघ २९ गते बसेको नगरकार्यपालिकाको बैठकले ५१ सदस्यीय सल्लाहकार समिति बनाउँने निर्णय गरेको नगरप्रमुख कृष्ण खाँणले बताउनु भयो ।
दिलिपप्रताप खाँण मेयर भएको समयमा वालिङले स्मार्ट सिटिका लागि दीर्घकालिन योजना बनाएको थियो । जसको कार्यान्वयन र विकास निर्माणमा विज्ञको सहकार्य गर्न सल्लाहकार समिति गठन गरिएको पालिकाले जनाएको छ ।
सल्लाहकार समितिका सदस्यहरुमा लालचन्द्र गैह्रे,अग्नी काफ्ले, विष्णु बहादुर द्वारे,शोभाकान्त पौडेल,बावुराम रेग्मी,आनन्द काफ्ले,डा.दिनेश काफ्ले,डा.अच्युत शरण अर्याल, डा.दर्शनकुमार गुरुङ, डा.दिनेश वि.क.,डा.लेखनाथ शर्मा पाठक, डा.राजन शर्मा,प्रा.डा.दिपक सुवेदी, डा.पवमान सुवेदी,उमाकान्त पराजुली,निलकण्ठ काफ्ले,त्रिलोचन पंगेनी,कमल जिटी,मेघ आले,डोलराज शर्मा पंगेनी,रीना राना,लेखनाथ बगाले,जीवनारायण काफ्ले,जेश्वर पाण्डे,दिपक पाण्डे,राजेन्द्र प्रसाद पाण्डे,कल्पना बस्याल,लक्ष्मीकान्त रेग्मी,ई. विष्णु प्रसाद काफ्ले,टेकप्रसाद लुईटेल, दामोदर कोईराला,माधव प्रसाद आचार्य,अमृत श्रेष्ठ, नारायण श्रेष्ठ,जगन्नाथ तिवारी,भूवन काफ्ले,शालिक सुवेदी,देविप्रसाद बगाले,द्रोणराज काफ्ले,लोकनाथ रेग्मी,नारायण भण्डारी,ध्रुव शर्मा पंगेनी,दिनेश तिवारी (दिनकर),डा. गिरीधारी शर्मा,तारा सुवेदी,सागर बगाले र अनन्तराज डुम्रे रहनु भएको छ ।
सल्लाहकार समितिले कस्तो कस्तो विषयमा राय तथा सल्लाह दिने छ भन्ने खुलाईएको छैन । फाईल-तस्बिर
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


