स्याङ्जा तथा आसपासमा स्वाईन फिबर देखिएको भन्दै सर्तक हुन वालिङको आग्रह
वालिङ :
स्याङ्जा तथा आसपासमा स्वाईन फिबर देखिएको भन्दै सर्तक हुन वालिङ नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै जिल्ला तथा छिमेकी जिल्लाहरुमा समेत अफ्रिकन स्वाईन फिबर देखिएको भन्दै सचेत हुन आग्रह गरेको हो । स्वाईन फिबर रोग विषाणुका कारण सुँगुर, बंगुर, तथा बँदेलमा लाग्ने सरुवा रोग हो । यसको प्रभावकारी उपचार संभव नभएकाले विश्व पशु स्वास्थ्य संगठनले यो रोगको नियन्त्रणको लागी संक्रमित क्षेत्रबाट ओसारपसारमा नियन्त्रण सहित जैविक सुरक्षामा विषेश ध्यान दिन सिफारिस गरेको छ ।
स्याङ्जामा समेत यो रोग देखा परेकाले वालिङ नगरपालिकाभित्र सुंगुर, बंगुर व्यवसाय गर्ने किसान तथा यससंग सम्बन्धीत मासु व्यवसायिहरुले यो रोग नियन्त्रण नहुँदासम्म वालिङ नगरपालिका बाहिरबाट संगुर बंगुरको ओसारपसार नगर्न नगराउन अनुरोध गरेको छ ।
विषाणुका कारण लाग्ने हुँदा उच्च स्वोरो आउने कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरिरमा निलो धब्बा देखिने, बंगुरले खाना नखाने, वान्त गर्ने, छेर्ने, छटपटाउने, गर्भ तुहिने जस्ता लक्षण देखिने र उच्च मृत्युदर समेत हुने भन्दै यस्ता लक्षण भएका रोगी बंगुर र त्यसका पाठापाठी, मासु वा रोगी पशुको सम्पर्कमा आएको सामाग्रीहरुको लसपस र ओसारपसारबाट सर्न सक्ने भएकाले सतर्क हुन नगरपालिकाले आग्रह गरेको हो ।
फार्ममा जैविक सुरक्षाका विधिहरु अबलम्बन गर्ने, फार्ममा अनावश्यक व्यक्ति वा जनावरको आवातजावातमा रोग लगाउने, संगुर बंगुरलाई होटल रेष्टुरेन्टमा फालिएका खानेकुरा नखुवाउने, ठुलो संख्यामा बंगुर मरेमा पशु सेवा साखा, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा सम्पर्क गर्नुपर्ने नगरपालिको जनाएको छ । यो रोगको लक्षण देखिएमा उक्त पशुलाई अलग्गै राखेमा अन्य पशुमा सर्नेबाट जोगिने पशु सम्बन्धी चिकित्सकले जनाएका छन् ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


