मगर दिवसमा वालिङ नगरपालिकाले दियो सार्वजनिक बिदा
वालिङ, फागुन १३ गते ।
स्याङ्जाको वालिङ नगरपालिकाले मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माद्वारा जारी विज्ञप्तीमा मगर दिवसको अवसरमा फागुन १५ गते मङ्गलबार सार्वजानिक बिदा दिईएको उल्लेख गरिएको छ ।
पालिका भित्रका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था,बैंक तथा बित्तीय संस्थाहरु बन्द रहने नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख स्तरीय निर्णय अनुसार सार्वजानिक बिदा दिईएको विज्ञप्तीमा उल्लेख गरिएको छ । मगर समुदायको सम्मानका लागि यस अघि पनि बिदा दिईदै आएकोमा यसलाई निरन्तरता दिईएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो ।
नगरपालिकाका विभिन्न वडामा मगर समुदायको बाक्लो बसोबास रहेको नगरपालिकाले जनाएको छ ।
यसअघि स्याङ्जाको हरिनास गाउँपालिकाले मगरदिवसका अवसरमा पालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
६ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…