पुतलीबजारका दुई हजार जनाको मुटु परीक्षण,४५ जना मुटु रोगीको निशुल्क शल्यक्रिया गरिने ।

स्याङ्जा :

पुतलीबजार नगरपालिका र सेभ द हर्टको आयोजना पुतलीबजारमा आयोजित २ दिने निशुल्क मुटु परिक्षण स्वास्थ्य शिविरमा सम्पन्न भएको छ ।

शिविरमा मनमोहन कार्डियो थेरासिक, भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर सहिद गंगालाल र नेपाल कार्डियो डायबेटिज एण्ड थाइराईड सेन्टरको प्राबिधिक सहयोग तथा द हर्ट अफ चिल्ड्रेनको सहयोगमा स्वास्थ्य शिविर गरिएको हो ।

बर्षौंदेखि मुटुको समस्या झेल्दै आएका नगरबासीलाई लक्षित गर्दै बिशेषज्ञ सहितका ख्यातीप्राप्त प्राध्यापक डा. सहितको टिमसंग सहकार्य गर्दै निशुल्क उपचार उपलब्ध गराईएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो । उहाले भन्नुभयोे, ‘नगरबासीको स्वास्थ्यको ध्यान दिदै आगामी दिनमा पनि यस्ता स्वास्थ्य सम्बन्धी थप उपकारी सेवालाई निरन्तरता दिनेछौं।’

शिविरमा १४ बर्ष मुनिका र १४ बर्ष माथि उमेर समूहकागरी छुट्टाछुट्टै २ दिन स्वास्थ्य परिक्षण गरिएको उपप्रमुख देवी अर्यालले बताउनुभयो। शिविरबाट महिला तथा बालबालिका बढी लाभान्वित भएको उपप्रमुख अर्यालको भनाई छ ।

शिविरमा २ हजार ५० भन्दा बढीले मुटु स्वास्थ्य परिक्षण गरेका छन् । ती मध्ये ६ सय १५ जनाको इको, ७ सय ५५ जनाले इ.सी.जी. परिक्षण, ४५ जनालाई शल्यक्रियाका लागि काठमाण्डौं बोलाइएको र झण्डै ९० प्रतिशत सहभागीलाई निशुल्क औषधी उपलब्ध गराइएको डा. अनिल भट्टराईले जानकारी दिनुभयो ।

शिविरमा मुटुरोग सम्बन्धी निशुल्क परामर्श, निशुल्क इको कार्डियोग्राफी, निशुल्क इ.सी.जी., निशुल्क औषधी उपलब्ध गराइएको छ। शिविरमा ३ वटा इको मेशिन र २ वटा इ.सी.जी. मेशिनद्धारा परिक्षण गरिएका छन ।

परिक्षणका क्रममा मुटु सम्बन्धी जटिल रोग, जन्मरोग देखिको जटिलता, बाथ मुटु रोग जस्ता समस्या देखिएको प्रा. डा. अर्जुन लामिछानेले बताउनु भयाे। पुतलीबजार नगरपालिकाको समन्वयमा छिटै उनीहरुको उपचार गरिने प्रा.डा. लामिछानेले बताउनुभयो ।
परिक्षणमा डा. चन्द्रमणी पौडेल, डा. पावला मैरेलिसो, डा. एलिया पाच्या लगायत गंगाला, मनमोहन, चरक हस्पिटल पोखरा र सेभ द हर्टका झण्डै २ दर्जन चिकित्सकका टोलीको संलग्नता थियो ।

शिविरमा ४ बर्षेदेखि ८५ बर्ष उमेर समूहका ४५ जनाको निशुल्क उपचार हुने भएको हो । रोगी सहित उनका एक अभिभावकले काठमाण्डौंमा उपचार गर्नका लागि जातेआते, खानेबस्ने लगायत सम्पूर्ण उपचार निशुल्क पाउने भएको पुतलीबजारका स्वास्थ्य अधिकृत इश्वर थापाले जानकारी दिनुभयो ।

आर्थिक अभावकै कारण उपचार गर्न नसकेका परिवारलाई भने शिशिरले राहत पाएको जनाउदै परिवारले खुशी ब्यक्त गर्नुभयो । शिविर मार्फत पाएको उपचारको सेवा प्रति सेवाग्राही खुशी र सन्तुष्ट भेटिएको प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मीले भन्नुभयो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP