‘हाम्रो लोकदोहोरी सहयात्री’ पुस्तक प्रकाशित
स्याङ्जा :
अर्जुन चौपारी गाउँपालिका–४ का लेखक सागर चापागाईँको ‘हाम्रो लोकदोहोरी सहयात्री’ पुस्तक प्रकाशन भएको छ ।
गीत सङ्गीत क्षेत्रलाई सामान्य नागरिक सँग लग्ने र सक्षम कलाकार उत्पादन गर्ने उद्देश्यले चापागाईँले पुस्तक प्रकाशन गर्नुभएको बताउनुभयो ।
गीतको महत्त्वपूर्ण अङ्ग विषयवस्तु “भाव” लाई शाब्दिक रूपमा तयार पार्ने तरिका नभएकालाई सहयोग गरी अगाडि बढाउन यस पुस्तकले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
गीत सङ्गीत विभिन्न उमेर समूहका तथा विभिन्न पेसा आदि क्षेत्रका मान्छेले सुन्ने भएकाले हरेक क्षेत्रमा सिकाइ (विशेषगरी गीतमार्फत शैक्षिक क्षेत्रलाई) सरल तरिकाले अगाडि बढाउन पुस्तकले सहयोग गर्ने चापागाईँले बताउनुभयो ।
यस्तै, नेपाली कलाकारिता अन्तर्राष्ट्रिय तुलनामा कमजोर भएकाले प्रतिस्पर्धात्मक तथा स्तरीय बनाइ व्यावसायिक कलाकारलाई आत्मनिर्भर बनाउन यो पुस्तक उपयोगी हुने देखिन्छ लेखकको भनाइ छ ।
कुनै पनि गीत लोकप्रिय बन्न भाव, सङ्गीत, कलाकार र छायाङ्कनजस्ता विषयको कति भूमिका हुन्छ भन्ने कुरामा विभिन्न अनुसन्धान गरी पुस्तक प्रकाशन गरिएकाले धार्मिक, आर्थिक तथा सामाजिक रूपमा सफल गायक तयार पार्न यो पुस्तक उपयोगी हुने चापागाईँको विश्वास छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


