ग्रामीण स्वावलम्बनका शेयर सदस्यलाई सहकारी शिक्षा
वालिङ :
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको एक सहकारीले आफ्ना शेयर सदस्यलाई वित्तीय साक्षरता र सहकारी शिक्षा प्रदान गरिरहेको छ । गाउँपालिकाकै अब्बल र ठुलो ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारीले अन्तर समुहलाई सहकारी शिक्षा प्रदान गरेको हो । पछिल्लो समय सहकारीहरु समस्यामा परेका बेला आफ्ना शेयर सदस्यहरुलाई आफ्नो सहकारीको अवस्था सगै वित्तिय साक्षरता र सहकारी शिक्षा कार्यक्रम अगाडी सारेको सहकारीका प्रवन्धक शालिकग्राम काफ्लेले जानकारी दिनुभयो ।
सहकारीको आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम अनुसार अन्तर समुहलाई पशु बिमा, समाजिक सामुदायीक कार्यक्रम र सहकारीका समस्याका बारेमा प्रशिक्षण दिइरहेको प्रवन्धक काफ्लेले बताउनु भयो । उहाँका अनुसार पहिलो आग्रीखर्क, दोस्रो रापाकोट र तेस्रो चरणको केवरेमा सम्पन्न भइसकेको छ । यो कार्यक्रम गाउँपालिकाका सबै वडाहरुमा सम्पन्न गर्ने काफ्लेले बताउनु भयो । आफ्ना शेयर सदस्यलाई आयआर्जनको बाटोमा लैजान र सहकारीलाई बलियो बनाउन यो कार्यक्रम सफल हुने विश्वास लिइएको काफ्लेको भनाई छ ।
झण्डै ३२ सय शेयर सदस्य रहेको सहकारीमा शेयर पुँजी १ करोड ८० लाख रहेको छ । सहकारीमा १३ करोड बचत तथा जगेडा कोषमा ५ करोड रहेको प्रवन्धक काफ्लेले बताउनु भयो । ३२ करोड रकम सहकारीले कृषि, उद्यमी, व्यवसायी, शिक्षा लगायतमा लगानी गरेको जनाएको छ ।
सहकारीले प्रदान गरेको सहकारी शिक्षामा शेयर सदस्यको सहभागिता अत्यन्तै उत्साहजनक रहेको सहकारीका अध्यक्ष बोधराज रेग्मीले जानकारी दिनुभयो । सहकारीप्रति शेयर सदस्यको विश्वास बढ्दो रहेकाले नै सहकारीमा खराब कर्जा नरहेको दावी अध्यक्ष रेग्मीको छ ।
यो सहकारीले अर्जुनचौपारी गाउँपालिकाका शेयर सदस्य तथा गैह्र शेयर सदस्यलाई आवश्यकता अनुसारको कृषि उपज, कृषि सामाग्री र पशुपंक्षीका लागि सामाग्रीहरु अनुदानमा वितरण गर्दै आएको बताइएको छ । पशु विमा मार्फत आफ्ना शेयर सदस्यको पशुहरुको सुरक्षण कार्यक्रम समेत प्रभावकारी र आकर्षण रहेको सहकारीले जनाएको छ । सहकारीले दिने सेवा सुविधाकै कारण सहकारी प्रति शेयर सदस्यको विश्वास जितेको अध्यक्ष रेग्मीले बताउनु भयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


