वालिङमा सिकाइ आपुरण तथा द्रुत सिकाई योजना सम्बन्धी अभिमूखीकरण
वालिङ :
कोभिड १९ का कारण बिद्यार्थीमा देखिएको शैक्षिक एवं मनोसामाजिक प्रभावको क्षति कम गराउने उदेश्यले वालिङ्मा सिकाइ आपुरण तथा द्रुत सिकाई योजना सम्बन्धी अभिमूखीकरण गरिएको छ ।
वालिङ् नगरपालिकाद्धारा आयोजित सो कार्यक्रमले बिद्यार्थीको आवश्यकता र स्तर अनुकुल सिकाई आपुरण योजना निर्माणगरी सिकाई कार्य अगाडी बढाउन सकिने शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले जानकारी दिनुभयो । अभिमूखीकरणमा प्रमुख आचार्यले सहजीकरण गर्नुभएको थियो ।
क्षति परिपूर्ति गर्नका लागि वालिङ नगरपालिका अन्र्तगत शिक्षा शाखाले सामुदायिक बिद्यालयमा कक्षा ३ देखि ८ सम्मका बिद्यार्थीलाई निदानात्मक बिधिको प्रयोगगरी २ पटक परिक्षा लिनेगरि सिकाइएको शिक्षा शाखा प्रमुख दुर्गाकुमारी न्यौपानेले बताउनुभयो ।
बिद्यार्थीका सिकाई अनुरुप उनीहरु स्तरलाई ५ समूहमा बिभाजनगरी सिकाउन सकिने बताइएको छ । आधारभूत तहभन्दा मूनि, आधारभूत तह, औषत भन्दा मुनिका, निपूर्ण तथा कुशल र उत्कृष्ट बिद्यार्थीगरी बिभाजन गरिएका छन् ।
सम्बन्धित बिद्यालयका प्रधानाध्यापकले बिद्यार्थीको समूह पहिचानगरी सिकाई अघि बढाएमा कोभिड १९ का कारण पुगेको शैक्षिक क्षति कम हुने आकलन लिइएको छ ।
बिद्यार्थीको सिकाई स्तरलाई बिभिन्न समूहमा बिभाजनगरी उपचारात्मक बिद्यी मार्फत शिक्षण गर्ने र वालिङ नगरकार्यपालिका प्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत सहित कार्यपालिका सदस्यहरु सहित नगरपालिका अन्र्तगतका ७२ वटा सामुदायिक बिद्यालयका प्रधानाध्यापक सहभागी थिए ।
वालिङ् नगर प्रमुख कृष्ण खाँणको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षा अधिकृत दुर्गा न्यौपानेले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


