विपद् व्यवस्थापन प्रदेश सरकारको प्राथमिकतामा : मुख्यमन्त्री पाण्डे ।
राधाकृष्ण डुम्रे/वालिङ :
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् व्यवस्थापन गण्डकी प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ ।
भूकम्प सुरक्षा दिवसको अवसर पारेर स्याङ्जाको वालिङमा ‘समुदाय खोज र उद्धार तालिम’ को समापन तथा पूर्वाभ्यास कार्यक्रममा मुख्यमन्त्री पाण्डेले उद्धार,खोज र राहत जस्ता कार्यलाई प्राथमिकतामा राखेको बताउनु भएको हो ।
विपद्जन्य समस्या जुनसुकै बेला पनि आउन सक्ने भन्दै मुख्यमन्त्री पाण्डेले सवै पक्षको सहकार्यले मात्रै यसमा सफलता पाउन सकिने धारणा राख्नु भयो । प्रदेश सरकारले प्रदेशमा १० करोड र जिल्लामा १० लाख नघट्ने गरी बिपदको लागि कोष राखेको पाण्डेको भनाई छ ।
गण्डकी पहाडी क्षेत्र धेरै भएको प्रदेश भएको भन्दै पाण्डेले सुरक्षा निकाय तथा सवै पक्ष चनाखो हुनुपर्नेमा उहाँको जोड छ । प्रदेश सरकारले पूर्व तयारी गरिरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो,“प्रदेश सरकारले २० जना गोताखोरलाई तालिम दिएर तयारी अवस्थामा राखेको छ ।”
गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक विकास कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरीले सञ्चालन गरेको कार्यक्रममा भूकम्प,बाढि पहिरो,नदिमा बेपत्ता आदि अवस्थाको उद्धार र प्राथमिक उपचारको पूर्वाभ्यास गरिएको थियो ।
सशस्त्र प्रहरी ४ नम्वर मुक्तिनाथ बाहिनी र सशस्त्र प्रहरीको ३० नं.गुल्मद्वारा वालिङ नगरपालिका–९ स्थित आँधीखोलामा मंगलबार भूकम्प सुरक्षा दिवसको अवसर पारेर उद्धारको पूर्वाभ्यास गरिएकोे गुल्म प्रमुख शसस्त्र प्रहरी नायव उपरीक्षक देवराज जोसीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


