स्याङ्जाका सांसद थापाद्धारा स्थानीय जनता र जनप्रतिनिधिसँग संवाद कार्यक्रम सुरुवात
स्याङ्जा :
स्याङ्जा क्षेत्र नं १ का संघीय सांसद राजु थापाले जनता र स्थानीय जनप्रतिनिधिसँग सांसद कार्यक्रमको सुरुवात गर्नु भएकाे छ।
नेपाली कांग्रेसको जिल्ला सभापति समेत रहनुभएका सांसद थापाले आफ्नो क्षेत्रको अर्जुनचौपारी गाउँपालिकाबाट कार्यक्रमको सुरुवात गर्नु भएकाे हाे। अर्जुनचौपारी गाँउपालिकाको व्यवस्थापन तथा सांसद थापाको सचिवालयले आयोजना गरेको कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका अन्तर्गतका राजनैतिक दलका जनप्रतिनिधि, स्थानीय प्रतिनिधि, आम सर्वसाधारण जनताको ठूलो उपस्थिति रहेको थियो ।
कार्यक्रममा जनताहरुले सांसद थापालाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि लगायतका विभिन्न क्षेत्रका समस्याहरु सुनाएका थिए । सडक निर्माण, बाँदर समस्या, सुन्तला खेतीले मूल्य नपाएको, बेरोजगारी समस्या भएको लगायतका विषयहरु उठेका थिए । उठेका प्रश्नहरुको सांसद थापाले एक एक गरी उत्तर दिनु भएका्े थियाे ।
जनताका चासो र गुनासोहरुलाई सम्बोधन गर्दै सांसद थापाले सङ्घीय सांसदका तर्फबाट जनताका मूलभूत समस्याका विषयमा निरन्तर संसदमा कुरा उठाएको बताउनु भयाे । उहाँले जनप्रतिनिधिका दृष्टिले आफूले जनताका सरोकारका विषयलाई संसदमा उठाउँदै आएको बताउँदै भविष्यमा पनि उठाउने प्रतिबद्धता व्यक्त गर्नु भयाे । उहाँले विकासका काममा पार्टी नभन्ने र कुनै पनि प्रकारको राजनीति नगर्ने पनि बताउनु भयाे ।
कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रकाश तिवारीले स्थानीय पालिकाले गर्न सक्ने विकास निर्माणका काम गरिरहेको र प्रदेश तथा सङ्घसँग सम्बन्धित भएर गर्नुपर्ने काममा सांसद थापासँग मिलेर काम गर्ने बताउनु भयाे ।
अर्जुनचौपारी गाउँपालिकाबाट शुरु भएको यो कार्यक्रम क्षेत्र नं १ का विभिन्न पालिकाहरुमा आयोजना गरिने बताईएको छ ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…