पुतलीबजारको प्राथमिकतामा कृषि र पशुपालन : नगरप्रमुख रेग्मी
राधाकृष्ण डुम्रे/स्याङ्जा ।
पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले कृषि र पशुपालन प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ । कृषि क्षेत्रमा आत्मनिर्भर र स्वरोजगार बनाउन पालिकाले योजना बनाएर अगाडि बढिरहेको उहाँको भनाई छ ।
बाख्रा पालन सम्वन्धी तीन दिने तालिमको समापन गर्दै नगरप्रमुख रेग्मीले गाउँगाउँमा नै प्राविधिकको टोली पठाउने र बिभिन्न प्रकृतिको तालिम दिदै आएको बताउनु भयो । उहाँले भन्नुभयो,“पालिकाले कृषि सम्वन्धी व्यवहारिक ज्ञान सिकाउनुका साथै कृषकहरुको समस्यामा विशेष ध्यान दिदै आएको छ ।”
अघिल्लो बर्ष ४० जना विदेशबाट फर्किएका युवाहरुलाई स्वदेशमा नै स्वरोजगार बनाउन बाख्रा पालका लागि नगद अनुदान र बाख्रा वितरण गरिएको नगरप्रमुख रेग्मीको भनाई छ । उनीहरुलाई स्वदेशमा नै केही गर्ने बातावरण बनाउन पालिका सक्रिय रहेको रेग्मीले बताउनु भयो ।
पशुपालन गर्दा अनिवार्य रुपमा फाम दर्ता गर्न र बिमा गर्न सुझाव दिदै नगरप्रमुख रेग्मीले यसो गर्दा समस्या पर्दा क्षतीपूर्ती लिन सहज हुने बताउनु भयो ।

कार्यक्रममा नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले व्यावसायिक रुपमा कृषि तथा मासुजन्य उत्पादन नहुँदा समस्या भएको बताउनु भयो । संघीयता आएपछि नागरिकलाई फाईदा भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत नागिलाले संघ,प्रदेश र पालिकाबाट फाईदा लिनु पर्नेमा जोड दिनुभयो । कृषि क्षेत्रमा लाग्नेहरुलाई कहाँबाट कसरी सहयोग पाईन्छ भन्ने जानकारीको अभाव रहेको हुनसक्ने उहाँको भनाई छ । पालिकाले कृषकहरुलाई उपयुक्त तालिमसँगै सहयोग समेत गर्दै आईरहेको बताउनु भयो ।
कार्यक्रममा उपप्रमुख देवी अर्याल,पशु सेवा शाखा बाट डा. अनिल गौतम, डा. अनिल कुमार चौधरी,सहभागी आरती पाण्डे ढकाल लगायतले बोल्नु भएको थियो ।
तालिममा आधुनिक तरिकाबाट बाख्रा पालन गर्ने तरिका,आधुनिक खोर निर्माण,घाँसको चयन र बाख्रामा लाग्ने विभिन्न प्रकृतिका रोगका बारेमा जानकारी गराईएको पालिकाले जनाएको छ । तीन दिन सम्म चलेको तालिममा २४ जना कृषकहरुको सहभागिता रहेको थियो ।
तालिममा डा. अनिल गौतम,डाः अनिल कुमार चौधरी,ठाकुर प्रसाद गुरुङ,विसाल भुजेल लगायतले प्रशिक्षण दिनु भएको थियो ।


समाचार
थप सामाग्री-
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
२ हप्ता अगाडि
स्याङ्जा : मुक्तिनाथ विकास बैंक लिमिटेड जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको एउटा रंगिन टेलिभिजन उपलब्ध गराएको छ । बैंकले…


