फेदीखोला र आँधीखोलामा ३३६ महिलालाई स्वास्थ्य सेवा
स्याङ्जा:
फेदीखोला गाउँपालिकाले चार वटा वडा र आँधीखोला गाउँपालिकाले वडा नं १ मा एकीकृत घुम्ती स्वास्थ्य शिविर गरेका छन् । फेदीखोलाले कार्यतालिका बनाएर पुस १ गतेबाट स्वास्थ्य चौकीमा शिविर गरेको हो ।
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीका अनुसार शिविरमा स्तन क्यान्सरको पहिचान, पाठेघरको मुखको क्यान्सरसम्बन्धी स्क्रिनिङ, आङ (पाठेघर) खस्ने समस्याको पहिचान, प्रसूतीपश्चात हुने फिस्टुला, परिवार नियोजनका सेवाहरु आइयुसीडी इम्प्लान्ट एवम स्वास्थ्य शिक्षा तथा परामर्श प्रदान गरियो । ४ वटा वडामा भएको शिविरबाट २१७ जना महिलाहरुको सेवा लिएको उनको भनाइ छ ।
पाठेघरको मुखको क्यान्सरसम्बन्धी स्क्रिनिङ गर्दा शिविरमा सहभागी सबै महिलाको नेगेटिभ देखिएको बताउँदै स्वास्थ्यकर्मी मञ्जु गुरुङले १५ जना महिलाको पाठेघरको मुखमा मासु पलाएको पाइएको र ३० जनाको पाठेघरको मुखमा घाउ भएको परीक्षणले देखाएको बताइन् ।
आँधीखोलामा ११९ ले लिए सेवा
आँधीखोला गाउँपालिकाले वडा नं १ राजास्वारामा गरेको घुम्ती स्वास्थ्य शिविरमा ११९ जना महिलाले सेवा लिएका छन् । वडामा पालिकाले महिलालाई लक्षित गरेर पाठेघर क्यान्सर, स्तन क्यान्सरलगायतका सेवा दिएको हो ।
वडा अध्यक्ष पवनकाजी अधिकारीले शिबिरमा एक जनामा रिङपेसरी राखिएको हो भने एक जनामा पाठेर क्यान्सर र छ जनमा स्तन क्यान्सरको जोखिम देखिएको बताउनुभयो ।
स्थानीय मीना ढकालले गाउँमै सेवा पाएकोमा खुशी हुदै पट पटक यस्ता सेवा गाउँमा दिनुपर्ने बताइन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


