कांग्रेस स्याङ्जाको सम्मेलन माघ १० मा,समापति देउवा सहित एक दर्जन केन्द्रीय नेता आउदै
स्याङ्जा :
नेपाली कांग्रेस स्याङ्जाकोे जिल्ला सम्मेलन माघ १० गते सदरमुकाम स्याङ्जनामा हुने भएको छ ।
सम्मेलनलाई सम्बोधन गर्न सभापति देउवा सहित उपसभापति एवम् नेपाल सरकारका उपप्रधानमन्त्री पुर्ण बहादुर खड्का,पार्टीका उपसभापति एवम् नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ,महामन्त्रीहरु गगन कुमार थापा र बिश्वप्रकाश शर्मा, सह महामन्त्री जीवन परियार, नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री तथा पार्टीका पूर्व उपसभापति गोपालमान श्रेष्ठ, केन्द्रिय सदस्य डा.शेखर कोइराला,केन्द्रिय सदस्य तथा नेपाल सरकार गण्डकी प्रदेश उर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी,नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा लगायतको उपस्थिति रहने नेपाली कांग्रेस स्याङ्जाका सचिव दामोदर लम्सालले जानकारी दिनुभयो । उहाँले सम्मलेनलाई भव्य रुपमा सम्पन्न गर्न पार्टीका सवै सदस्यलाई अनुरोध गर्नु भएको छ ।
नेपाली कांग्रेस स्याङ्जाका माघ २ गते बसेको पदाधिकारी बैठकले जिल्ला सम्मेलनको मिति तय गरेको हो । यस्तै माघ ३ गते बसेको पुर्ण बैठकले विभिन्न उप समितीहरु ग्ठन गरिएको कांग्रे्स स्याङ्जाले जनाएको छ ।
साङ्ठानिक प्रतिवेदन÷निति तथा कायक्रम तयारी उप समितीमा जिल्ला सचिव गुरु प्रसाद भट्टराई र जिल्ला सचिव दामोदर लम्साल रहनु भएको छ । त्यस्तै कोषाध्यक्ष जनक काफ्लेको संयोजकमा आर्थिक ब्यबस्थापन उप समिति,प्रवक्ता भरत लम्सालको संयोजकमा सूचना तथा संचार उप समिति, जिल्ला सदस्य नवराज सुवेदीको संयोजकमा खाजा÷नास्ता ब्यबस्थापन उप समिति,सह सचीव ध्रुव बन्धु पौडेलको संयोजकमा सम्मान पत्र उप समिती, जिल्ला सदस्य हिरादेवि शर्माको संयोजकत्वमा अतिथि संमान तथा सत्कार उप समिती,पुतलीबजार नगर सभापति सुरजकुमार अधिकारीको संयोजकमा मञ्च ब्यबस्थापन उप समिती र यातायातको ब्यबस्थापन स्वयं जिल्ला कार्यसमितिले गर्ने गरि निर्णय भएको नेपाली कांग्रेसले जनाएको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा बिशेष भुमिका निर्वाह गर्ने अग्रजहरुलाई कार्यक्रममा बिशेष संमान गरिने बताईएको छ । सम्मेलन स्याङ्जा सदरमुकामको सिटिहलमा हुनेछ ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …