नेपाली कांग्रेस स्याङ्जाको पहिलो सम्मेलन बुधबार (भोलि) तयारी पुरा ।
वालिङ :
नेपाली कांग्रेस स्याङ्जाको जिल्ला सम्मेलन बुधबार (भोलि) सदरमुकाम स्याङ्जामा हुँदैछ । सम्मेलनको तयारी पुरा भएको नेपाली कांग्रेस स्याङ्जाका सभापति तथा संघीय सांसद राजु थापाले जानकारी दिनुभयो ।
सदरमुकाममा रहेको सिटिहलमा हुने सम्मेलनका लागि विभिन्न उपसमितिहरुले आआफ्नो काम पुरा गरेकाहुन् ।
सम्मेलनमा सम्बोधन गर्न कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरू जिल्ला आउनुहुने नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ ।
सम्मेलनका अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा विशेष भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई विशेष सम्मान गरिने कांग्रेस स्याङ्जाका सचिव तथा गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
सम्मेलनमा जिल्लाका ११ वटै पालिकाबाट कांग्रेस कार्यकर्ताहरु सहभागी हुने बताईएको छ । तस्बिर सौजन्य : हेर्नेकुरा ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


