अपाङ्गता भएका व्यक्तिलाई उत्पादनमा जोडौँ : मन्त्री गुरुङ
राधाकृष्ण डुम्रे/वालिङ:
कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अपाङ्गता भएका व्यक्तिहरूलाई उपयुक्त सीप सिकाएर उत्पादनमा जोड्नुपर्ने बताउनुभएको छ । उहाँहरूको सहज जीवनयापनका लागि उपयुक्त सीप अपरिहार्य रहेको उहाँको भनाइ छ ।
स्याङ्जाको चापाकोट अपाङ्ग सङ्घले चापाकोटमा गरेको ‘स्थानीय तहमा वकालत’ नीति योजना तर्जुमा प्रक्रिया र सिद्धान्तका बारेमा भएको छलफल तथा सहायक सामग्री वितरण कार्यक्रममा बोल्दै मन्त्री गुरुङले अपाङ्गता भएकाहरूको सहयोगका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता व्यक्तिको सहज जीवनयापनका लागि सरकार प्रतिबद्ध छ, समाज र सरोकारवालाहरूले पनि विशेष ध्यान दिनु पर्छ ।”
अपाङ्गता भएका व्यक्तिहरूका लागि सहयोग गर्न सरकारले नीतिगत रूपमा नै काम गरिरहेको मन्त्री गुरुङको भनाइ छ । स्याङ्जा क्षेत्र नं.२ बाट निर्वाचित गुरुङले आफू निर्वाचित क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा चापाकोट नगरपालिकाका प्रमुख देवबहादुर खाँण (ईश्वर), स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल लगायतले अपाङ्गता भएका व्यक्तिहरूको सहयोगका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले खेल्नुपर्ने भूमिकाका बारेमा भनाइ राख्नुभएको छ ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न प्रकृतिको सहायक सामग्रीहरू वितरण गरिएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


