अपाङ्गता भएका व्यक्तिलाई उत्पादनमा जोडौँ : मन्त्री गुरुङ
राधाकृष्ण डुम्रे/वालिङ:
कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अपाङ्गता भएका व्यक्तिहरूलाई उपयुक्त सीप सिकाएर उत्पादनमा जोड्नुपर्ने बताउनुभएको छ । उहाँहरूको सहज जीवनयापनका लागि उपयुक्त सीप अपरिहार्य रहेको उहाँको भनाइ छ ।
स्याङ्जाको चापाकोट अपाङ्ग सङ्घले चापाकोटमा गरेको ‘स्थानीय तहमा वकालत’ नीति योजना तर्जुमा प्रक्रिया र सिद्धान्तका बारेमा भएको छलफल तथा सहायक सामग्री वितरण कार्यक्रममा बोल्दै मन्त्री गुरुङले अपाङ्गता भएकाहरूको सहयोगका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता व्यक्तिको सहज जीवनयापनका लागि सरकार प्रतिबद्ध छ, समाज र सरोकारवालाहरूले पनि विशेष ध्यान दिनु पर्छ ।”
अपाङ्गता भएका व्यक्तिहरूका लागि सहयोग गर्न सरकारले नीतिगत रूपमा नै काम गरिरहेको मन्त्री गुरुङको भनाइ छ । स्याङ्जा क्षेत्र नं.२ बाट निर्वाचित गुरुङले आफू निर्वाचित क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा चापाकोट नगरपालिकाका प्रमुख देवबहादुर खाँण (ईश्वर), स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल लगायतले अपाङ्गता भएका व्यक्तिहरूको सहयोगका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले खेल्नुपर्ने भूमिकाका बारेमा भनाइ राख्नुभएको छ ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न प्रकृतिको सहायक सामग्रीहरू वितरण गरिएको छ ।
समाचार
थप सामाग्रीवालिङका १८६ विद्यार्थीलाई वृत्ति मार्गनिर्देशन
६ दिन अगाडि
सुशील सुवेदी/स्याङ्जा पछिल्लो समय विद्यार्थीहरुमा भविष्यको अन्यौलता बढ्दै जान थालेको छ । माध्यमिक तह सम्पन्न गरेपश्चात विद्यार्थीमा भविष्यमा के गर्ने…