वालिङका मेलमिलापकर्ताहरुका लागि उच्चस्तरको तालिम ।
वालिङ :
वालिङ नगरपालिकामा रहेको मेलमिलापकर्ताहरुका लागि उच्चस्तर (एडभान्स) तालिम सुरु भएको छ ।
द एसिया फाउण्डेसनको स्थानीय सरकार सवलीकरण कार्यक्रम अन्गर्त आर्थिक सहयोग र प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्रको आयोजना तथा वालिङ नगरपालिकाको समन्वयमा तालिम सुरु भएको हो ।
तालिमको शुभारम्भ गर्नुहुँदै वालिङ नगरउपप्रमुख कविता तिवारी गैह्रेले गाउँगाउँमा हुने गरेका विभिन्न प्रकृतिका विवादमा मेलमिलाप गराउने काम भईरहेको बताउनु भयो । विभिन्न विवादमा मेलमिलापकर्ताको सकारात्मक भूमिका रहनु पर्ने भन्दै उपप्रमुख तिवारीले निस्वार्थभावले गरिने मेलमिलापकर्ता नगरका गहना भएको बताउनु भयो ।
वालिङ नागरिकको न्यायिक समिति र मेलमिलापकर्ताहरु प्रति विश्वास रहेका कारण वालिङले यसमा पहिचान बनाएको बताउनु भयो । आगामी दिनमा मेलमिलापकर्ताको सक्रियता र भूमिकालाई अझै प्रभावकारी बनाउदै लैजाने उहाँको भनाई छ ।

कार्यक्रममा बोल्दै न्यायिक समितिका सदस्य पोतप्रसाद लम्साल,वालिङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानप्रसाद अर्यालले मिलामिलापले मात्रै समाजमा एकआपसमा सहकार्य गर्ने अवस्था आउने बताउनु भयो ।
वालिङ नगरपालिकाका कानुनी सल्लाहकार तथा अधिवक्ता नेत्रप्रसाद सुवेदीले नगरपालिकामा एक सय एक मेलमिलापकर्ता रहको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा १ र २ बमोजिमका विवादहरु समाधानको सहजिकरणमा मेलमिलापकर्ताहरु सक्रिय रहेकाछन् ।”
पाँच दिन सम्म सञ्चालन हुने तालिममा रमिला हुमागाई र रिता मानन्धरले सहजीकरण गर्नु हुनेछ । तालिममा २७ जनाको सहभागिता रहेको छ ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


