नेकपा एमालेको गण्डकी प्रदेश अन्तर्गतका जिल्लामा अधिवेसन सुरु ।

पोखरा:
नेकपा एमालेले गण्डकी प्रदेश अन्तर्गतका जिल्लामा अधिवेसन सुरु गरेको छ । म्याग्दीको दशौं जिल्ला अधिवेसनबाट बालकृष्ण सुवेदी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
बन्द सत्र अझै जारी छ । आइतबार अध्यक्ष पदमा एक जनाको मात्र उम्मेदवारी दर्ता भएको छ । अन्य पदाधिकारीमा आठ जनाले उम्मेदवारी दर्ता गरेका छन् । पदाधिकारीमा भने सहमति नजुटेको एमालेले जनाएको छ ।
एमाले जिल्लामा ५ सदस्यीय पदाधिकारी निर्वाचित हुने व्यवस्था छ । उपाध्यक्षमा २, सचिवमा २ र उपसचिवमा दुई पदका लागि चार जनाले उम्मेदवारी दर्ता गरेका निर्वाचन समितिले जनाएको छ ।
उपाध्यक्षमा प्रदेश कमिटीका निवर्तमान सदस्य प्रमोद श्रेष्ठ र बेनी नगरपालिकाका मेयर सुरत केसीले दावी पेस गरेका छन् थमसरा पुन र रघुगंगा गाउँपालिका कमिटी अध्यक्ष प्रेमबहादुर कार्कीले उम्मेद्वारी दिएका छन् ।
उपसचिवमा रामप्रसाद सुवेदी, खड्ग गिरी, बेनी नगर कमिटी अध्यक्ष नारायण जिसी र मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उम्मेदवारी दर्ता गरेका निर्वाचन अधिकृत बिवश क्षेत्रीले जानकारी दिए ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…