नेकपा एमालेको गण्डकी प्रदेश अन्तर्गतका जिल्लामा अधिवेसन सुरु ।

 

पोखरा:
नेकपा एमालेले गण्डकी प्रदेश अन्तर्गतका जिल्लामा अधिवेसन सुरु गरेको छ । म्याग्दीको दशौं जिल्ला अधिवेसनबाट बालकृष्ण सुवेदी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

बन्द सत्र अझै जारी छ । आइतबार अध्यक्ष पदमा एक जनाको मात्र उम्मेदवारी दर्ता भएको छ । अन्य पदाधिकारीमा आठ जनाले उम्मेदवारी दर्ता गरेका छन् । पदाधिकारीमा भने सहमति नजुटेको एमालेले जनाएको छ ।

एमाले जिल्लामा ५ सदस्यीय पदाधिकारी निर्वाचित हुने व्यवस्था छ । उपाध्यक्षमा २, सचिवमा २ र उपसचिवमा दुई पदका लागि चार जनाले उम्मेदवारी दर्ता गरेका निर्वाचन समितिले जनाएको छ ।

उपाध्यक्षमा प्रदेश कमिटीका निवर्तमान सदस्य प्रमोद श्रेष्ठ र बेनी नगरपालिकाका मेयर सुरत केसीले दावी पेस गरेका छन् थमसरा पुन र रघुगंगा गाउँपालिका कमिटी अध्यक्ष प्रेमबहादुर कार्कीले उम्मेद्वारी दिएका छन् ।

उपसचिवमा रामप्रसाद सुवेदी, खड्ग गिरी, बेनी नगर कमिटी अध्यक्ष नारायण जिसी र मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उम्मेदवारी दर्ता गरेका निर्वाचन अधिकृत बिवश क्षेत्रीले जानकारी दिए ।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP