हरिनासको चुलिडाँडामा हेलिप्याड निर्माण

राधाकृष्ण डुम्रे,
वालिङ, माघ १२ गते । हरिनास गाउँपालिका-४ चुलिडाँडामा निर्माण गरिएको हेलिप्याड हस्तान्तरण गरिएको छ । हेलिप्याड नेपाली सेना समरजीत गुल्म (आँधीखोला ब्यारेक) स्याङ्जाको प्राविधिक तथा श्रमदानमा र हरिनास गाउँपालिकाको आर्थिक व्यवस्थापन निर्माण भएको हो ।
“एक आर्थिक वर्ष, एक युनिट जोडी हेलिप्याड निर्माण” गर्ने योजना अनुसार हरिनासमा हेलिप्याड निर्माण गरिएको समरजित गुल्म स्याङ्जाका गुल्मपती सेनानी दीपेश खड्काले जानकारी दिनुभयो ।
नवनिर्मित हेलिप्याडको श्री नं. ३ वाहिनी अड्डा खैरेनीटार तनहुँका बाहिनीपती गौरव कुमार केसीले पालिकाका अध्यक्ष खिमनारायण मानन्धरलाई हस्तान्तरण गर्नुभएको हो ।
हेलिप्याड निर्माण भएपछि विपद् दुर्घटना लगायत अन्य आकस्मिक अवस्थामा हवाई उद्धारको लागि सहज हुने पालिकाका अध्यक्ष मानन्धरले बताउनुभयो । उहाँले भन्नुभयो,“ विकट गाउँ धेरै रहेको हरिनासमा हेलिप्याड निर्माण भए पछि नागरिकलाई राहत हुनेछ ।
गाउँपालिकाको नौ लाख ५५ हजारमा हेलिप्याड निर्माण सम्पन्न भएको अध्यक्ष मानन्धरले जानकारी दिनुभयो । Gorkhapatra online

समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…