चापाकोटको नगरसभा : सामुदायिक विद्यालयका विद्यार्थीको परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने नीति पारित ।
राधाकृष्ण डुम्रे/स्याङ्जा :
स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ ।
पलिकाको १४ औँ नगरसभाले पालिका भित्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, अतिविपन्न तथा जेहेन्दार विद्यार्थीका परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने प्रस्ताव अनुमोदन गरेको हो । सभाले यस सम्वन्धी कार्यविधि तयार गर्ने र वडा कार्यालयको सिफारिसमा निशुल्क स्वास्थ्य बिमा गर्ने गरी निर्णय गरेको नगरप्रमुख देव बहादुर खाँण (ईश्वर)ले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालयमा अभिभावक र विद्यार्थीलाई आकर्षण बढाउन निःशुल्क स्वास्थ्य बिमाको अवधारणा अघि बढाइएको हो प्रमुख खाँणको भनाई छ ।
नगरपालिकाभित्र रहेका १६ मावि सहित ४५ वटै सामुदायिक विद्यालयमा यस्तो नीति लागु गरिने पालिकाले जनाएको छ ।
जसबाट विद्यालयमा अध्ययनरत गरिब, अतिविपन्न तथा जेहेन्दार बालबालिकाका परिवारका सदस्यहरुलाई फाईदा पुग्ने छ ।
पालिकाले सामुदायिक विद्यालयका सवै विद्यार्थी र तिनका परिवारका लागि स्वास्थ्य बिमा निशुल्क गर्ने योजना बनाएको थियो । नगरसभामा भएको छलफलका आधारमा तत्कालका लागि निश्चित समूहका विद्यार्थीका परिवारका लागि यो व्यवस्था गर्न लागिएको पालिकाले जनाएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


