चापाकोटको नगरसभा : सामुदायिक विद्यालयका विद्यार्थीको परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने नीति पारित ।
राधाकृष्ण डुम्रे/स्याङ्जा :
स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ ।
पलिकाको १४ औँ नगरसभाले पालिका भित्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, अतिविपन्न तथा जेहेन्दार विद्यार्थीका परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने प्रस्ताव अनुमोदन गरेको हो । सभाले यस सम्वन्धी कार्यविधि तयार गर्ने र वडा कार्यालयको सिफारिसमा निशुल्क स्वास्थ्य बिमा गर्ने गरी निर्णय गरेको नगरप्रमुख देव बहादुर खाँण (ईश्वर)ले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालयमा अभिभावक र विद्यार्थीलाई आकर्षण बढाउन निःशुल्क स्वास्थ्य बिमाको अवधारणा अघि बढाइएको हो प्रमुख खाँणको भनाई छ ।
नगरपालिकाभित्र रहेका १६ मावि सहित ४५ वटै सामुदायिक विद्यालयमा यस्तो नीति लागु गरिने पालिकाले जनाएको छ ।
जसबाट विद्यालयमा अध्ययनरत गरिब, अतिविपन्न तथा जेहेन्दार बालबालिकाका परिवारका सदस्यहरुलाई फाईदा पुग्ने छ ।
पालिकाले सामुदायिक विद्यालयका सवै विद्यार्थी र तिनका परिवारका लागि स्वास्थ्य बिमा निशुल्क गर्ने योजना बनाएको थियो । नगरसभामा भएको छलफलका आधारमा तत्कालका लागि निश्चित समूहका विद्यार्थीका परिवारका लागि यो व्यवस्था गर्न लागिएको पालिकाले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


