वालिङ-१२ काे चक्रदेवी आधारभूत विद्यालय नमुना बन्दै
वालिङ :
स्याङ्जाको वालिङ नगरपालिका वडा १२ डाडाखर्क मा अवस्थित चक्रदेवी आधारभूत विद्यालय आधारभूत तहमा वालिङको पहिलो नमुना विद्यालय रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
कार्यक्रम मा बाल्दै शिक्षा विकास समन्वय ईकाइका प्रमुख विश्वराज आचार्य,वालिङ् नगरपालिका वडा १२ का अध्यक्ष विश्वराज गुरुङ,१३ का अध्यक्ष नमलाल डुम्रे,कार्यपालिका सदस्य भक्त बहादुर गोतामे,वडा सदस्य तिल बहादुर डालाले उक्त कुरा बताएका हुन ।
विद्यालयको ४१ औं बार्षिकउत्सव,४ कोठे नवनिर्मित भवन,स्वागत गेट,आधुनिक शाैचालय,खानेपानी ट्याङ्की र कम्प्युटर ल्याबको संयुक्त उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले सामुदायिक विद्यालयको गुणस्तर बढाउन सबैले हातेमालो गर्नुपर्ने मा जोड दिएका थिए । केही समय अगाडि सम्म टिनको पाताबाट पानी चुहिने विधालय आज आधुनिक भवन बन्दै गुणस्तरीय शिक्षा बनाउन पहल भएकोमा वक्ताहरुले सकारात्मक पहल गरे सकारात्मक परिणाम आउने समेत बताएका थिए।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश ईन्चार्ज झबिलाल डुम्रे, नेकपा एमालेका नगर अध्यक्ष शोभाकान्त पौडेल,काङ्ग्रेसको नेता कमल कुंवर,गुरुङ्खा माविका प्र.अ. शिवहरी न्यौपाने,प्रेस चौतारीका केन्द्रीय सदस्य हिमलाल पराजुली,पुर्व विधार्थी एवम् पत्रकार शिव डुम्रे,विद्यालयका प्र.अ. तुलसीराम डुम्रे,पुर्व प्र.अ.गणेश प्रसाद पाठक लगायतले धारणा सहित मन्तब्य राखेका थिए ।
यस्तै कार्यक्रम जग्गादाता,चन्दादाता,अक्षयकोष दाता,पुर्व व्यवस्थापन समितिका सबै अध्यक्षहरु,पुर्व प्रअहरु,पुर्व शिक्षकहरु,पुर्व जनप्रतिनिधि तथा हालका जनप्रतिनिधि,जेष्ठ नागरिक,यश विद्यालयमा पढेका पुर्व विधार्थीहरु जो स्नातकोत्तर गरेका,सरकारी सेवामा नाम निकालेका तथा विशिष्ट क्षेत्रमा भुमिका खेलेका सबैलाई सम्मान समेत गरिएको थियोे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत शिक्षिका तुलसा डुम्रे भुर्तेल र सञ्चालन थानेश्वर न्यौपाने र सुजन गैरेले गरेका थिए ।


Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


