ग्रामीण पर्यटकीय स्थल सिरुवारी जोड्ने पक्की पुलकाे शिलन्यास
स्याङ्जा :
देशकै पहिलो ग्रामीण गाउँ सिरुवारि तथा पर्वत जिल्ला जोडने घट्खोलामा मोटरेबल पुल निर्माण थालिएको छ । पुल नहुँदा वर्षादको समयमा जोखिम मोल्नु पर्ने तथा थप दुई घण्टा लामो यात्रा गर्नु पर्नेमा पुलको शिलान्याससँगै पुल बन्ने पक्का भएको हो ।
पुलको सङ्घीय सांसद राजु थापा र गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले शुक्रबार शिलान्यास गर्नुभएको हो । पुलको शिलान्यास गर्दै सांसद थापाले विकास निर्माण एकै चोटि नहुने बताउँदै केही समयमा विकास देखिने बताउनुभयो। पालिकाको युवा नेतृत्व समेत विकासमा जुटेको बताउँदै थापाले सबैले सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले पर्यटकीय गाउँ जान र पर्वत जान असहज भएकोले पहिलो चरणमै बजेट विनियोजन गरेर काम अगाडी बढाएको बताउनुभयो ।
सब इन्जिनियर सन्दीप बोगटीले साँढे १० मिटर लम्बाई रहेको पुल साँढे पाँच मिटर चौडा हुने बताउनुभयो । अगेरे भँगेरे निर्माण सेवा अर्जुन चौपारी ६ ले टेण्डर रकममा २७ प्रतिशत छाडेर एक करोड १६ लाख ५४ हजार ६९ रुपियाँ ४५ पैसामा निमार्ण गर्न लागेको हो ।
पुल सङ्घीय सरकारको ५० लाख र पालिकाको बाँकी बजेटमा निर्माण हुन लागको हो । निर्माण कम्पनीले एक वर्षमा काम सक्ने गरी गत पुस १२ गते सम्झौता गरेको थियो । पुल नहुँदा चार वर्ष पहिला सहरेखोला पुल शिलान्यासमा भौतिक पूर्वाधार मन्त्रीको गाडी समेत बगाएको थियो ।
यस्तै, गाउँपालिले प्रदेश सरकारसँगको साझेदारीमा दुई किमी छ सय मिटर कालोपत्रे अगाडी बढाएको छ । सङ्घीयता पश्चात् गाउँपालिकाले पहिलो पटक पालिकाभित्र कालोपत्रे गर्ने काम अगाडी बढाएको हो । वडा नं ३ को कार्यालय जाने दिर्जेखोला सिमलचौर सडक एक किमी एकसय मिटर र वडा नम्बर जोड्ने सडक डेढ किमी कालोपत्रे गर्न लागिएको हो ।
वडा नं ३ जोड्ने सडक कैलमाण्डु अगेरेभगेरे जेभीले एक करोड ४३ लाख ७३ हजार १५८ रुपियाँ ६२ पैसामा निर्माण गर्न लागेको हो । वडा नं ३ सडक केन्द्रको ३० लाख र बाँकी गाउँपालिकाको बजेट हो ।
यस्तै, वडा नं २ सडक सितला देवी निर्माण सेवा पुतलीबजारले एक करोड १५ लाख सात हजार ५२२ रुपियाँमा निर्माण गरेको हो । यो सडक गाउँपालिको निर्माण गर्न लागेको हो । दुवै सडक प्रिमिक्स कारर्पेट कालाोपत्रे हो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


