मेयर बालेन शाह राष्ट्रिय सभा निर्वाचन सहभागी भयनन् ।
काठमाण्डौ
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय सभा निर्वाचन सहभागी नहुने भएका छन्।
मेयर बालेनको कार्यव्यस्तताका कारण उनी निर्वाचनमा सामेल नभएको मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।
‘उहाँ कार्यव्यस्तताको कारण मतदान गर्न जानुभएको छैन,’ उनले भने।
तर महानगरकी उपप्रमुख सुनिता डंगोल भने मतदान गर्न हेटौंडा गएकी छन्। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा मतदान भइरहेको छ। यसअघि पनि मेयर बालेनले प्रदेश सभामा भोट हालेका थिएनन्। उनले प्रतिनिधि सभा र समानुपातिकमा मात्र भोट खसालेका थिए।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


