मेयर बालेन शाह राष्ट्रिय सभा निर्वाचन सहभागी भयनन् ।

balen shah

काठमाण्डौ

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय सभा निर्वाचन सहभागी नहुने भएका छन्।

मेयर बालेनको कार्यव्यस्तताका कारण उनी निर्वाचनमा सामेल नभएको मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।

‘उहाँ कार्यव्यस्तताको कारण मतदान गर्न जानुभएको छैन,’ उनले भने।

तर महानगरकी उपप्रमुख सुनिता डंगोल भने मतदान गर्न हेटौंडा गएकी छन्। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा मतदान भइरहेको छ।  यसअघि पनि मेयर बालेनले प्रदेश सभामा भोट हालेका थिएनन्। उनले प्रतिनिधि सभा र समानुपातिकमा मात्र भोट खसालेका थिए।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP